Ntc summer Offer
Khabar Dabali १३ असार २०८१ बुधबार | 26th June, 2024 Wed
NIMB

ओमान टी-२० विश्वकपबाट बाहिरियो

खबरडबली संवाददाता

काठमाडौँ । ओमान आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।

गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।

ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।

योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार बेहोरेको छ र विश्वकपबाट बाहिरिएको छ । अब समुह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको   पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ । अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिआरआई सम्झौतामा अनुदान मात्र लिने गरि छलफल भइरहेको छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद...

रौतहटको १८ मध्ये १५ स्थानीय तहले ल्याए बजेट

रौतहट । रौतहट स्थित १६ नगरपालिका २ गाउँपालिका गरी १८ स्थानियतह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन स...

नेपालका नदीनाला नेपालकै हुन्- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपा...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषण...

वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले...

राजदूत सिफारिसमा कमजोरी भए सच्याइन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजदूत सिफारिस सच्याउन सकिने बताएका छन्। प्रतिनिधि सभा बैठकमा मंगलबार परराष्ट्र मन्त्रा...

२ करोड रुपैयाँ लुटपाटमा प्रहरीको संलग्न, हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर छ ।  पक्राउ पर्ने प्रहरी हवल...

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् । आर्थि...

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा...

रंगेली नगरपालिकाको बजेट ७२ करोड

मोरङ । मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy