विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कहिलेकाहीं झुक्किएर राजनीतिक नेतृत्वमा पुगेका ‘ब्याकबेन्चर’हरुले नेतृत्व चलाउन नसकेको र नजान्ने बताएका छन् । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति लक्षित गर्दै उनले आइतबार इटहरीको एक कार्यक्रममा यूताे बताएका हुन् ।
इटहरी जेसिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सफल नेता बन्न सबभन्दा पहिले आफूले आफूलाई चिन्न जरुरी रहेको बताउँदै भने, ‘त्यही कारण राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ ।’
उनले भने- ‘आफूलाई बुझ्दै समाज र राष्ट्रप्रतिको दायित्व बुझे सफल नेता बन्न सकिन्छ, सफल नेतृत्व उत्पादन हुन्छ ।’ नेताबारे आम जनतामा एउटा नकारात्मक भाष्य निर्माण भएको भन्दै मुख्यमन्त्रीले नेताहरु भ्रष्ट हुन्छन्, पढेका हुँदैनन्, व्यभिचारी हुन्छन् भन्ने भाष्य चिर्न पनि नेताहरु सक्षम बन्न जरुरी रहेको औंल्याए ।
नेताहरु आर्थिक लाभ र लोभबाट सधै सचेत रहनु पर्ने भन्दै उनले आर्थिक लोभले नेताहरुको छवि बिग्रिँदै जाने र अन्तिममा जनताबाट अविश्वास उठ्ने बताए । मुख्यमन्त्री कार्कीले संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गर्दै संघीयता अघि २० वर्षमा नभएको विकास बितेको ६ वर्षमा भएको दाबी गरे । कार्कीले थपे, ‘त्यही कारण संघीयतालाई घाँडो मान्न हुन्न, अवसर ठान्नुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: