विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएकोमा न्यायाधीश पोखरेलको कारण रिट हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश पोखरेलले यसअघि कोशी सरकारका तत्कालीन मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटामा कानुन व्यवसायीको हैसियतमा थापाको तर्फबाट सर्वोच्चमा बहस गरेका थिए । नेपाली काँग्रेसनिकट कानुन व्यवसायी रहेका पोखरेलले थापाको पक्षबाट बहस गरेपनि अदालतबाट कार्कीको पक्षमा रिट जारी भएको थियो ।
यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भए । दलहरुबीच भागबण्डाको आधारमा सर्वोच्चको न्यायाधीश नियुक्त हुँदा पोखरेल पनि परेका थिए । कानुन व्यवसायी हुँदा हिक्मतकुमार कार्कीको विरुद्ध बहस गरेको कारण न्यायाधीशको रुपमा उनले त्यहि मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदाललत स्रोतले जनाएको छ ।
यसअघि गत बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । अब अर्को पेशी तोकेर मुद्दाको लागि अर्को इजलास गठन हुनेछ ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले समर्थन गर्ने सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका नेकपा एमालेका प्रदेशसभा सदस्यह हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने एक पटक विश्वासको मत लिएपछि २ वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गरेर आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: