विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएकोमा न्यायाधीश पोखरेलको कारण रिट हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश पोखरेलले यसअघि कोशी सरकारका तत्कालीन मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटामा कानुन व्यवसायीको हैसियतमा थापाको तर्फबाट सर्वोच्चमा बहस गरेका थिए । नेपाली काँग्रेसनिकट कानुन व्यवसायी रहेका पोखरेलले थापाको पक्षबाट बहस गरेपनि अदालतबाट कार्कीको पक्षमा रिट जारी भएको थियो ।
यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भए । दलहरुबीच भागबण्डाको आधारमा सर्वोच्चको न्यायाधीश नियुक्त हुँदा पोखरेल पनि परेका थिए । कानुन व्यवसायी हुँदा हिक्मतकुमार कार्कीको विरुद्ध बहस गरेको कारण न्यायाधीशको रुपमा उनले त्यहि मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदाललत स्रोतले जनाएको छ ।
यसअघि गत बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । अब अर्को पेशी तोकेर मुद्दाको लागि अर्को इजलास गठन हुनेछ ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले समर्थन गर्ने सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका नेकपा एमालेका प्रदेशसभा सदस्यह हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने एक पटक विश्वासको मत लिएपछि २ वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गरेर आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - २०:५३
ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...
जेष्ठ ३ गते, २०८३ - २०:०२
सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...
जेष्ठ ३ गते, २०८३ - १९:५९
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...



प्रतिकृया लेख्नुहोस्: