Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

कोशी प्रदेश नामकरण खारेजी माग गर्दै विराटनगरमा विरोध सभा

खबरडबली संवाददाता

काठमाडौं । कोही प्रदेश नामकरण खारेजी माग गर्दै विराटनगरमा विरोध सभा भएको छ  । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध  कोच मधेश ब्यूरोले  कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विरोध सभा र र्‍याली आयोजना गरेको हो ।  

विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र बदलेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम जनताले परिवर्तन महसुस गर्न नसक्ने बताए ।  

उनले कोशी नदीले पहिचान मागेको थियो र सो नामाकरण गरेको ? भन्दै प्रश्न गरे । मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामाकरण गरी अहिलेको कोशी नाम खारेजीको माग गरे । सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामाकरण मात्रै होइन सिमांकन पनि त्रुटिपूर्ण रहेकोले अविलम्ब सच्याउन माग गरे ।

उनले राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेकोमा आक्रोश व्यक्त गरे । अब मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्वदेशवादको वैचारिकीमा सामुदायिक समाजवादसहित बहुलराष्ट्रिय राज्यको स्थापना गरि छाड्ने अठोट व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending