काठमाडौं । कोही प्रदेश नामकरण खारेजी माग गर्दै विराटनगरमा विरोध सभा भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच मधेश ब्यूरोले कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विरोध सभा र र्याली आयोजना गरेको हो ।
विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र बदलेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम जनताले परिवर्तन महसुस गर्न नसक्ने बताए ।
उनले कोशी नदीले पहिचान मागेको थियो र सो नामाकरण गरेको ? भन्दै प्रश्न गरे । मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामाकरण गरी अहिलेको कोशी नाम खारेजीको माग गरे । सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामाकरण मात्रै होइन सिमांकन पनि त्रुटिपूर्ण रहेकोले अविलम्ब सच्याउन माग गरे ।
उनले राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेकोमा आक्रोश व्यक्त गरे । अब मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्वदेशवादको वैचारिकीमा सामुदायिक समाजवादसहित बहुलराष्ट्रिय राज्यको स्थापना गरि छाड्ने अठोट व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: