बाँके । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवं उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा इन्द्रनील घोषले पाठेघरको मुख नियमितरूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए । पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा घोषले बताए। क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउनसके क्यान्सरको जोखिम टर्ने उनले बताए।
गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिनुभयो । कान्ति आरोग्य अस्पतालका डा रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गरे ।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि रु एक लाख र लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक रु पाँच हजार दिने गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी विसीले जानकारी दिनुभयो ।
चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नं ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमबमोजिम वडा नं २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नं २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको छ । तीमध्ये एक जनामा पोजिटिभ देखिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १८:४१
लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...
जेष्ठ २ गते, २०८३ - १८:२५
मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...
जेष्ठ २ गते, २०८३ - १८:१६
काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बै...
जेष्ठ २ गते, २०८३ - १८:०१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...
जेष्ठ २ गते, २०८३ - १७:३६
काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...
जेष्ठ २ गते, २०८३ - १७:१४
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...
जेष्ठ २ गते, २०८३ - १६:५८
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...



प्रतिकृया लेख्नुहोस्: