लमजुङ । पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१ सानो घिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन र पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन् ।
विद्यालयका प्रधानाध्यापक सिमा लोहनीले पुरानो भवन जीर्ण र पानी चुहिने भएको र नयाँ भवनमा पानी परेका बेलामा कक्षाकोठा भित्रै ठुलो पानी छिर्ने गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको बताए ।
उनका अनुसार विसं २०४८ मा स्थापना भएको यस विद्यालयमा चारकोठे पुरानो भवन र विसं २०७४ मा निर्माण गरिएको दुई कोठे भवन रहेको छ । पुरानो भवनको गाह्रो चिराचिरा परेर खस्ने अवस्थामा रहेकाले कुनै पनि बेला खस्छ कि भनेर पठनपाठनमा समस्या भइरहेको उनले बताए ।
उनले विद्यालयमा जस्तापाताको छानो रहेको र छानोका लागि राखिएका काठ कुहिन थालेको तथा नयाँ भवनको छानो मिलाएर नहालेकाले गर्दा पनि पानी परेको बेलामा कक्षाकोठा भित्रै पानी छिर्ने गरेको बताए ।
“पानी परेपछि सबै विद्यार्थीलाई दुई कोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ, नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौँ”, उनले भने ।
पुरानो भवनको निर्माण र नयाँ भवनको छानो फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत तीन वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो विद्यालय प्रधानाध्यापक लोहनीले गरे ।
विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ मात्र विद्यार्थी रहेका छन् । नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी आएपछि विद्यार्थी कापी कलम झोलामा राखेर झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ । ठुलो पानी परेका बेलामा आफूहरू पानीले रुझे पनि झोला जोगाउने कोसिस गर्दा पनि कुनैबेला झोला भिजेर किताब नै भिज्ने गरेको विद्यार्थीको भनाइ छ । नयाँ भवनमा ३ कक्षाको पढाइ हुने गरेको छ भने पुरानो भवनमा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको र विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने बताए ।
वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताए । विद्यालयबाट उक्त जानकारी केही दिनअघि मात्र वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उनको भनाइ छ ।
उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । उनले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...
आषाढ़ १२ गते, २०८३ - १४:२४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...



प्रतिकृया लेख्नुहोस्: