काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएको छ ।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले राससलाई बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ । ”
प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । उनी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेको थिए।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएको थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएको थिए ।
गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।
प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” भनेको थिए ।
सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ ।
एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...
चैत्र १४ गते, २०८२ - १५:११
मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...
चैत्र १४ गते, २०८२ - १४:२४
काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...
चैत्र १४ गते, २०८२ - १४:१६
काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् । ...



प्रतिकृया लेख्नुहोस्: