Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गृहमन्त्री लामिछानेले आफैमाथि छानबिन समिति गठन हुदा पनि नैतिकता बोध गरेनन्: प्रदीप पौडेल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि गृहमन्त्री रवि लामिछानेले नैतिकताको बोध नगरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै संसदीय छानबिन समिति गठन भएपछि नैतिकताको बोध नगरेको आरोप लगाएका हुन् ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रही रहनु नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

उनले भने 'राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नाङ्गो छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन गर्‍यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली कांग्रेसले अन्त्य गरेर छोड्छ ।’

उनले नेपाली कांग्रेसले संसद्‍मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...

घण्टाघर नजिक थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् ।  ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending