जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य भएका छन् । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।
विगत दुई वर्षदेखि अध्ययनका लागि जुम्ला सदरमुकाम बस्दै आएकी सिँजा गाउँपालिका–६ की नमिता रावतको अनुभव पनि उनको जस्तै छ । हरेक दिन चाहिने खानेपानीको जोहो गर्न दैनिक तीन घण्टाको दुरी तय गरी खोलीकोट गाउँ धाउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।
जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहुँदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत मारमा परेको उनले बताइन् । पछिल्लो १५ दिन खानेपानी नआउँदा अर्काको धारामा तथा मूलमा गएर खानेपानी भर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
जुम्ला सदरमुकाम खलङ्गाका लागि खानेपानी उपभोक्ता समितिले लामो समयदेखि जिम्मा लिए पनि पानीको व्यवस्थापन गर्न सकेको छैन । नजिक खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिका–६ र ७ को बडेखोली र रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६, खालागाड खोलादेखि खानेपानी सदरमुकाम खलङ्गा ल्याइएको छ । खडेरीका कारण ती सबै मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती हुन थालेको हो । कुनै बस्तीमा आधा महिनादेखि पानी आएको छैन भने कहीँ हप्ता दिनयता पानीको थोपा धाराबाट झरेको छैन ।
खलङ्गा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बरालका अनुसार पानीका मुहानमा नै पानी कम भएपछि यो समस्या सिर्जना भएको हो । उनले २०५७ सालमा दुई सय धाराका लागि मात्र खानेपानी आयोजना बनाउँदा अहिले बढेर एक हजार ८५० धारा रहेकाले पानीको आपूर्तिमा समस्या आइरहेको बताए ।
दौतरी होटलका सञ्चालक पदमबहादुर महतका अनुसार पानीको अभाव हुन थालेपछि पानी आएका बेला मौज्दात राख्नका लागि ४० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको तर ट्याङ्की बनाएर के गर्नु ? पूरै भर्नका लागि पानी आउँदैन । खलङ्गामा पानीको अभाव भएपछि सङ्घीय सरकारले अहिले साढे आठ हजार धारा वितरणको लक्ष्य राखी बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अघि बढाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टका अनुसार आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार भइरहेको छ । उहाँले आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशतभन्दा बढी भएको र एक हप्तामा यसको विस्तृत प्रतिवेदन आउने बताए ।
कार्यालय प्रमुख भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजनाका दुई वटा प्याकेजमा काम हुँदै छ । पहिलो इन्टेकदेखि आरभिटीसम्मको काम भएको छ, जसमा इन्टेक निर्माण, पाइप लाइन र ट्याङ्की निर्माण भइरहेको छ । यस क्षेत्रमा एक सयदेखि छ सय घन मिटरका ट्याङ्की निर्माण हुँदै छन् । चन्दननाथ, तातोपानी र गुठीचौर गाउँपालिकाका क्षेत्रमा उक्त खानेपानी पु¥याउने कार्यक्रम अन्तर्गत बृहत् खानेपानी आयोजना अगाडि बढाइए पनि यो आयोजना निर्माण सम्पन्न हुन अझै करिब दुई वर्ष लाग्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: