Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

मनसुनजन्य विपद्बाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण

खबरडबली संवाददाता

झापा । यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ । उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई सुरक्षित राख्न सरोकार भएका सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए । उनले जिल्ला विपद् व्यवस्थापनको कोषमा रु एक करोड ५० लाख सञ्चित रहेको जानकारी दिए । उक्त रकम बाढीलगायत विपद्का कारण जीउधन गुमाउने परिवारलाई तत्काल राहत तथा उद्धारमा खर्च गरिने छ । 

मृतकका परिवारलाई रु दुई लाख र घर क्षति भएका परिवारलाई रु १५ देखि २० हजारसम्मका दरले कोषबाट राहत उपलब्ध गराइने प्रजिअ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार जिल्लाका १५ वटै पालिकामा अलग–अलग विपद् कोष स्थापना गरी पालिका अनुसार रु १० देखि ५० लाखसम्मको रकम रहेको छ । 

नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री, एम्बुलेन्स र स्वयंसेवक दस्ता तयारी अवस्थामा राखेको छ । झापाका नौवटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको अभिलेखअनुसार कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दा प्रभावित बन्ने गरेका छन् ।

दक्षिण–पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको व्यवस्था गरिसकेको प्रजिअ बाँस्तोलाले बताए । उनले भने, “बाढीको उच्च जोखिममा रहेका गाउँमा जुनसुकै बेला उद्धार तथा राहत पुर्याउन रबर बोटको व्यवस्था मिलाएका छौँ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले यसका लागि समन्वय गरेर कार्य गर्नेछन् । जनधनको क्षति हुन नदिन सबै पक्षसँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिरहेका छौँ ।”

विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यस वर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार दुई सय ४९ घरका १० हजार तीन सय ४५ जना विस्थापित हुने सम्भावना छ ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार एक सय १५ घरका नौ हजार सात सय २९ जना विस्थापित हुने सम्भावना छ । 

यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार तीन सय ३० घर, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घर, निन्दाबाट मेचीनगरका एक सय ५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका तीन सय ५० घर, टाङटिङबाट अर्जुनधाराका दुई सय ५० घर र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका चार सय ४५ घर विस्थापित हुन सक्ने पक्षेपण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बाँस्तोलाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending