Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

मधेशका मुख्यमन्त्री आज राति १२ बजेपछि पदमुक्त हुँदै

विहीबार प्रदेश प्रमुखले नयाँ सरकारको आह्वान गर्ने

खबरडबली संवाददाता

जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारी गरेका थिए ।

प्रदेशसभा सचिवालयले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै आज दिउँसो ३ बजेका लागि बैठक डाकेको थियो । मुख्यमन्त्री यादवले भने अन्तिम समयमा आफू बिरामी परेको भन्दै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गर्दै पत्र पठाए ।

अहिले त्यो विषयमा निर्णय लिन सभामुख रामचन्द्र मण्डल कानूनी परामर्शमा व्यस्त छन् । प्रदेशसभा बैठक बस्ने र नबस्ने पनि अन्योल रहेकेा छ । मुख्यमन्त्री यादवले अब जेष्ठ २८ मा विश्वासको मत लिने बताएका छन् । तर त्यसअघि नै उनी पदमुक्त हुने भएका छन् ।

मुख्यमन्त्रीले एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने सोचे । तर आफ्नै दल जसपा नेपाल विभाजन भएकाले पनि विश्वासको मत लिनुपर्ने कुरा बिर्सिए । सोही कारण उनको पद धरापमा परेको हाे ।

वैशाख २२ मा जसपा नेपाल विभाजन भएको थियो । दल विभाजन भए पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । यो व्यवस्था अनुसार मुख्यमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने  कानुनी बाध्यता थियो ।

प्रदेशका प्रतिपक्षी तथा सत्ता गठबन्धनमा रहेका दलहरू पनि मुख्यमन्त्री स्वतः पदमुक्त भइसकेकाले नयाँ सरकारको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज राति १२ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिएको औपचारिक जानकारी प्राप्त नभए भोली नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।

मुख्यमन्त्रीले आज विश्वासको मत नलिए भोली बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुख भण्डारीकी स्वकीय सचिव टिकाराम उप्रेतीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending