Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रतिनिधिसभाको शून्य समयः सुमना लक्षित ओलीको टिप्पणीदेखि सन्दिप लामिछानेको वास्तविकताबारे प्रश्न

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शारीरिक अपाङ्गता भएका व्यक्तिको अधिकारदेखि, सडक पूर्वाधार, ठूला आयोजनामा बजेट अभाव, आगलागी पीडितलाई राहतदेखि किसानलाई मलखादको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

सांसद विद्या भट्टराईले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनका अनुसार अपाङ्गता र अशक्त व्यक्तिको हक कार्यान्वयनका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, बजेट अभावले कार्यान्वयन गर्न नसक्ने जानकारी पाएपछि विगत ३७ दिनदेखि आमरण अनशनमा रहनुभएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै पीडितको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिना लामाले नागढुङ्गादेखि धादिङ्को गल्छीसम्मको सडक दुरावस्था रहेको र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको जनाउँदै सडक स्तरोन्नति चाँडो गर्न सरकारसमक्ष माग गरिन्। सांसद विनिताकुमारी सिंहले तराई–मधेशलगायत देशका विभिन्न स्थानमा आगलागीको घटनाबाट करौडौँको क्षति र हजारौँ विस्तापित भएको भन्दै गरिब र पीडित परिवारका लागि राहत र बसोबासको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद वीरबहादुर बलायरले महिला राजनीतिज्ञ द्धारिकादेवी कठुरानीको डोटीमा स्मृत भवन बनाउने कार्य अघिल्लो वर्ष सुरु भए पनि यो वर्ष बजेट व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्यामकुमार घिमिरेले कमला नदी नियन्त्रणका लागि बर्सेनि बजेट विनियोजन भए पनि प्रयाप्त रकम नहुँदा निर्माणकार्य प्रभावकारी हुन नसकेको भन्दै निश्चित समयमा काम सम्पन्न हुनेगरी बजेट विनियोजना गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ति विकले आगामी आवको बजेट परम्परागत भएको टिप्पणी गरिन्् । सांसद शान्ति श्रेष्ठले गोकर्ण–वाग्मती योजना करिडोरको अवस्थाबारे जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई पहिचान गराउने नेपाली क्रिकेट टिमको हौसलाका लागि पूर्वाधार विकासमा ध्यान दिन माग गरे।

सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पोसाकलगायत विभिन्न विषयमा भइरहेको टिप्पणीप्रति सरोकारवालाको ध्यानाकर्षण गराए । सांसद शेरबहादुर कुँवरले अछामको बुढीगङ्गा जलविद्युत् परियोजना निर्माणलाई बजेट सुनिश्चितता गर्न माग गरे ।  सांसद शोभा ज्ञवाली किसान धानबाली लगाउने तयारीमा रहेकाले विगतका वर्षझै यो वर्ष पनि मल नपाएर समस्या बेहोररिहेको भन्दै उनीहरुलाई  सहज रुपमा मलखादको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद सन्तोष परियारले बर्खाको समयमा देशका विभिन्न जिल्लाको सडक दुरावस्था रहेको भन्दै आम जनता आवतजावत गर्ने सडकमार्ग स्तरोन्नितिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सपनाराज भण्डारीले ठूलो सङ्ख्याका विद्यालय जाने उमेरका बालबालिका कुलतमा फसिरहेको भन्दै उनीहरुको शैक्षिक पठनपाटनको व्यवस्था गर्न माग गरे। सांसद सम्झना थपलियाले पछिल्ला दिनमा तराईमा खानेपानीको समस्या देखिएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद स्वर्णिम वाग्लेले तनहुँस्थित पृथ्वी राजमार्गको अम्रेनीमा हालै पानी ट्याङ्करले ठक्कर दिँदा इञ्जीनीयर प्रवीण कैनीको दुःखद् निधन भएको भन्दै दोषीलाई कारबाही र मृतकलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे ।

सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गइयोस्
बैठकमा सांसद शङ्कर भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको सन्दर्भमा भइरहेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग गरे। सांसद सरस्वती बजिमयले सहकारी पीडित जनतालाई न्याय दिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद सरस्वती सुब्बाले मनसुनी विपद्को जोखिम न्यूनीकरणका लागि बेलैमा आवश्यक तयारी गर्न माग गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...

घण्टाघर नजिक थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् ।  ...

पक्राउपछि ओली शिक्षण अस्पताल भर्ना, एनेक्स वानको ५०१ नम्बर बेडमा राखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...

ओली र लेखकलाई महाराजगञ्ज प्रहरी गणमा राखिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...

एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध, कसले के भने ?

काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...

ओली पक्राउपछि च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा ...

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, बाढीले एकको मृत्यु

बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...

अध्यक्ष ओलीमाथि लगाइएको कानुनी दफा तर्कसंगत छैन : उपाध्यक्ष पन्त

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending