Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

डोटीमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु, ८ जना घाइते

खबरडबली संवाददाता

दार्चुला । दार्चुलाबाट धनगढीका लागि छुटेको जिप डोटी जिल्लाको बुडरमा दुर्घटना भएको छ । बुधबार बिहान डोटीको बुडरमा दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनन्जय कुमार मल्लले बताए । उनले घटनास्थलमै ज्यान गुमाएका एक जनाको परिचय खुल्न बाँकी रहेको र चालकसहित ८ जना घाइते भएको बताए ।

मल्लका अनुसार दुर्घटनामा घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, डिलाशैनी–६ का १७ वर्षीय अर्जुन लुहार र २२ वर्षीया रेखा ओड, दार्चुला लेकमका ४५ वर्षीय जगत धामी, ३१ वर्षीय हरिस पार्की, उनकी श्रीमती भावना पार्की र ३ वर्षीया छोरी रितिका पार्की तथा मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमती धामी छन् ।

बिहान ५ बजे घाइतेहरुको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको मल्लले बताए । घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: