Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

किसानलाई क्षतिपूर्ति दिन सांसहरुको माग

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनको केराखेतीमा भएको क्षतिबारे सरकारको ध्यानार्कषण गराउँदै रु १५ करोड बराबरको क्षति भएको बताउँदै पीडित  किसानलाई तत्काल बीमा रकम उपलब्ध गराउन सरकारसँग माग गरे । उहाँले गत वर्षको भुक्तानी किसानले पाउनुपर्ने माग गरे । उनले चितवन र खैरनी जिल्लामा मकै, केराखेती र वर्षे धानमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सम्बन्धित मन्त्रालयले तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले गणतन्त्र शासन व्यवस्थामा पनि जनताको जीवनस्तरमा उल्लेख्य सुधार नआएको बताए । किसानहरुले समयमा बीउबिजन र मल प्राप्त गर्न नसकेकातर्फ सांसद पाण्डेले ध्यानाकर्षण गराए। आगामी आवको बजेट कार्यान्वयन गर्न सहज नहुने उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाको गुरास गाउँपालिकाका राजेश शाही २०७८ सालदेखि बेपत्ता भएका भन्दै उनको खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधान गर्नुपर्नेमा जोड दिए

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्तिको जोखिमप्रति सतर्क रहन सुझाव दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउपछि ओली शिक्षण अस्पताल भर्ना, एनेक्स वानको ५०१ नम्बर बेडमा राखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...

ओली र लेखकलाई महाराजगञ्ज प्रहरी गणमा राखिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...

एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध, कसले के भने ?

काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...

ओली पक्राउपछि च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा ...

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, बाढीले एकको मृत्यु

बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...

अध्यक्ष ओलीमाथि लगाइएको कानुनी दफा तर्कसंगत छैन : उपाध्यक्ष पन्त

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending