Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

हैजा कसरी लाग्छ ? यी लक्षण देखिए सावधानी अपनाउनु पर्छ

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

काठमाडाैं । हाल उखरमाउलो गर्मीसँगै पिउने पानीको माग पनि ह्वात्तै बढेको छ । बजारमा उपलब्ध पिउने पानी सबै सफा र सुरक्षित नहुन पनि सक्छ । विगत केही वर्षयता विशेषगरी गर्मी बढ्दै जाँदा पिउने पानीको परीक्षणबाट फेकल कोलिफोर्म (दिसा मिसिएको) देखिने गरेको जानकारी सार्वजनिक हुँदै आइरहेको छ ।

विभिन्न संक्रमण नै झाडापखालाका कारक हुन् । यी संक्रमणहरुमध्ये हैजा सबैभन्दा संवेदनशील र कडा मानिन्छ । छिमेकी देश भारतमा हैजा देखिसकेको अवस्थामा अनि दुई देशबीचको खुल्ला र विना स्वास्थ्य परीक्षणको सहज आवतजावतले हैजाको जोखिम बढेको देखिन्छ । काठमाडौंमा पनि एक हप्तायता हैजाको जस्तै लक्षणसहितको झाडापखालाका बिरामी ह्वात्तै बढेको देखिन्छ । काठमाडौंमा वर्षेनीजसो हैजा देखिंदै आइरहेको अवस्थामा आगामी दिनमा हैजा ढिलो चाँडो नदेखिए भन्न सकिंदैन ।

हैजाका अधिकांश संक्रमितमा लक्षण कडा नहुन सक्छ । तसर्थ समुदायमा हैजा देखिसकेको रहेछ भने पनि परीक्षणको दायरामा आउने सम्भावना कम हुनेछ । तर ती संक्रमितहरुले आफू संक्रमण भएको एकदेखि १० दिनसम्म दिसा मार्फत हैजाको ब्याक्टेरिया फ्याँकिरहेको हुन्छ । यदि व्यवस्थित चर्पी नरहेको वा संक्रमितले आफ्नो हात राम्रोसँग साबुन पानीले नधोइदिंदा हैजा फैलिने अवस्था सिर्जना हुन्छ ।

१० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ । नेपालमा विशेषगरी सहरबाहिर हैजा फैलिंदा बिरामीको मृत्यु हुने गरेको विगतका तथ्यांकहरुले देखाउँछन् । तर काठमाडौंमा भने धेरै अस्पताल/क्लिनिकको सहज पहुँचले तुलनात्मक रुपमा मानवीय क्षति कम भएको देखिन्छ । यसबाट पनि समयमा उपचार पाए हैजाबाट हुने मृत्युलाई धेरै कम गर्न सकिने देखिन्छ । तसर्थ हैजाको लक्षण शंका लागे तुरुन्त परीक्षण गर्ने र पुष्टि भएमा उपचार गर्न सहज हुनेछ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशीका (विशेषगरी खुट्टाको) बौडिनु हैजाका मुख्य लक्षण हुन् । संक्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । पछिल्लो पटक काठमाडौंमा देखिएको हैजा संक्रमित बिरामीले साधेको चाउचाउ खाँदा बिरामी परेका थिए जसमध्ये एकजना (दुईमध्ये) केही समय अचेत समेत भएका थिए । अहिले बजारमा ‘स्ट्रिट फुड’ व्यापक देखिन्छ र हैजाको जोखिम न्यूनीकरण गर्न अनुगमन अति आवश्यकता देखिन्छ ।

त्यस्तै हाल जारको पनि व्यापक उपभोग गर्ने भएकाले सोको अनुगमन पनि हुन आवश्यक देखिन्छ । यो लेखकले सन् २०१५ मा पहिलो पटक जारको पानीबाट हैजा फैलिएको भन्दा धेरैले विश्वास गरेका थिएनन् तर पछि यसको पुष्टि भएको थियो ।

समग्रमा, बढ्दो गर्मीसँगै हैजाको जोखिम पनि बढ्दै गइरहेको छ । तर खानेकुरा, पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिन सक्ने हैजाको फैलावटलाई रोक्न धेरै हदसम्म मद्दत मिल्नेछ । सम्बन्धित निकायले पनि अनुगमनलाई नियमित र कडाइ गर्न आवश्यक देखिन्छ भने परीक्षणको सहजता पनि हुन अति जरुरी देखिन्छ । के तपाईंलाई चौलानी पानी जस्तो दिसा र बान्ता तारन्तार भइरहेको छ ? त्यो हैजा पनि हुनसक्छ है ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending