Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कान्तिपुरका ९५२ बचतकर्ताको जाहेरी

खबरडबली संवाददाता

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताए। 

उनका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । 

लामालाई जेठ १६ गते चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो । ललितपुरको बालकुमारीस्थित वेस्टर्न आवासीय भवनमा बस्ने लामाविरुद्ध प्रहरी वृत्त बानेश्वरमा सहकारीका बचतकर्ताको जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतले २०८० फागुन २० गते पक्राउ पुर्जी जारी गरेको थियो । 

२०८० फागुनमै सिआइबीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालविक्रम मल्ललाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएपछि तत्कालीन अध्यक्ष लामा पनि तानिएका हुन्। 

सात अर्ब ९० करोड अपचलन 

काभ्रे मूल घर भएका चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विसं २०५५ देखि सहकारी क्षेत्रलाई व्यवसाय बनाएर लागेका हुन्। उनले यसबारे सुरुवात पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबाट गरे । 

उक्त सहकारीको नेतृत्व  पत्नी सन्ती लामालाई दिएर अभियुक्त लामाले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड स्थापना गरेर आफू अध्यक्ष बने। 

काठमाडौँ, ललितपुरसहित विभिन्न जिल्लाका सात हजार २०७ नागरिकको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपियाँ आर्थिक अपचलन, हिनामिना र गलत ठाउँमा लगानी गरेपछि लामाले कारबाही अघि बढाएको हो ।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले पशुपति सहकारीबाट एक हजार ४२ जनाको एक अर्ब ११ करोड ४८ लाख तीन हजार ६१८ रुपियाँ अपचलन भएको बताए । जसमध्ये ९४२ बचतकर्ताले बानेश्वर प्रहरीमा जाहेरी दिएका छन्। 

उनका अनुसार कान्तिपुर सहकारीबाट छ हजार १६५ जनाको छ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपियाँ अपचलन लामासहितका सञ्चालकहरूबाट भएको छ । सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई २०८० साउन १ गते र कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई २०८० फागुन ३ गते समस्याग्रस्त सहकारी घोषणा गरी सबै सञ्चालकको सम्पत्ति रोक्का गरेर बचत फिर्ता प्रक्रिया अघि बढाएको छ । 

लामाले सहकारीको रकम अपचलन गरी काठमाडौँ उपत्यकामा घरजग्गा प्लटिङको कारोबार, अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी गरेका छन्। लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, काभ्रे जिल्लाका पूर्वकोषाध्यक्ष तथा काभ्रेबाटै २०७४ मा बागमती प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए। गोरखापत्र दैनिकबाट 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending