Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्।

न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ । उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ ।

तर सबैभन्दा नराम्रो अवस्थामा, उनी जेलमा परे भने पनि ट्रम्प उम्मेद्वार रहन सक्छन् र जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

सजाय पाएका व्यक्तिले राष्ट्रपतिको चुनाव कसरी लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि आवश्यक योग्यता भनेको उनीहरू अमेरिकामा जन्मिएको र निश्चित उमेर ९३५ वर्षभन्दा माथि० भएको रहेको छ । 

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्नको लागि १४ वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने नियम पनि लागू गरियो ।

यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ । तर सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा हुने छैन ।

संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए ।जसमध्ये युजीन डेब्स जेलमा हुँदा १९२० मा राष्ट्रपतिको दौडमा रहेका सबैभन्दा महत्त्वपूर्ण उम्मेद्वार थिए ।

उनी २०औं शताब्दीको प्रारम्भमा अमेरिकाको समाजवादी पार्टीको एक प्रमुख सदस्य बने । उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उनी देशद्रोहको दोषी ठहरिए र अप्रिल १९१९ मा जेल पठाइयो । जेलमा रहँदा उनले अर्को वर्ष चुनाव लडेका थिए ।

लिन्डन लारोचेले पनि जेलमै रहेका बेला राष्ट्रपतिको उम्मेदवार बनेका थिए । १९७६ देखि २००८ सम्म, उनको नाम प्रत्येक चुनावमा मतपत्रमा लोकतान्त्रिक वा कुनै अन्य पार्टीको उम्मेदवारको रूपमा देखा पर्यो ।

१९८९ मा उनी मेल धोखाधडीको दोषी ठहरिए र १५ वर्षको जेल सजाय पाए । त्यसपछि १९९२ को चुनाव आयो र उनी उम्मेदवार बने । उनले २७ हजार मत पाएका थिए । पछि उनको सजाय घट्यो र उनी पनि १९९४ मा जेलबाट रिहा भए । त्यसपछि उनले सन् १९९६, २०००, २००४ र २००८ को राष्ट्रपतीय निर्वाचनमा पनि भाग लिए ।

त्यस्तै जोसेफ स्मिथले पनि जेलबाट राष्ट्रपतिको चुनाव लडेका थिए । उनी जेलमै रहेको बेला सन् १८४४ को चुनावमा सुधार पार्टीका उम्मेदवार थिए । पार्टीले बहुविवाहलाई बढावा दिएको थियो र स्मिथको विचारलाई प्रचार गरेको थियो । उनका २० श्रीमती रहेको बताइन्छ । 

जोसेफ माल्डोनाडो-प्यासेजले पनि आगामी  नोभेम्बरमा हुने निर्वाचनमा लड्ने घोषणा गरेका छन्।

२०२० मा, नेटफ्लिक्स डकुमेन्ट्री 'टाइगर किंग'का स्टार र जोए एक्सोटिक भनेर चिनिने जोसेफले डेमोक्रेटका रूपमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । उनी पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका छन् । उनी चुनावमा उम्मेदवार बनेमा अहिलेसम्म जेलबाट चुनाव लड्ने चौथो उम्मेदवार हुने छन् ।

अब ट्रम्पले उनी दोषी ठहरिएको आरोपमा जेल सजाय भएमा जेलबाट चुनाव लड्ने अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनसक्छन् । उनी जेलमा नपरे पनि ध्रुवीकृत राष्ट्रको आधा भागका लागि सजाय पाएको उम्मेदवार भने हुनेछन् । उनको दल रिपब्लिकनका धेरै जस्तो मतदाता ट्रम्प जेल नपरेपनि उनलाई मत दिने या नदिने विषयमा विभाजित हुने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending