Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

एनिमलपछि बलिवुडमा चम्किएकी तृप्ति

खबरडबली संवाददाता

काठमाडौँ । सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो । सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन् ।

फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका थिए । एनिमलको सफलताबाट तृप्तीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ । अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन् ।

उनको हालै धर्मा प्रोडक्सनको फिल्म धड्क(२ को घोषणा गरिएको छ । फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ती डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य

भूमिकामा देखिने जानकारी दिइएको छ । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् । यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ ।

त्यस्तै उनको अर्को फिल्म ब्याड न्यूज पनि आउने भएको छ । गुड न्यूजपछि धर्मा प्रोडक्सनले चाँडै ब्याड न्यूज ल्याउने भएको छ । फिल्मको स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन् । फिल्ममा तृप्तीले मुख्य नायिकाको रुपमा काम गरेकी छिन् । यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ ।

त्यस्तै भूलभुलैया घ मा पनि तृप्तिले काम गरेकी छन् । अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए । फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् । यो फिल्ममा तृप्ति डिमरी पनि देखिनेछिन् । केही समय अघि उनी फिल्मको पोस्टरमा देखिएकी थिइन् ।

त्यस्तै एनिमलको सिक्वेल भनिएको फिल्म एनिमल पार्कमा पनि तृप्ति आउदै छन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा तृप्ती पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । अहिले यो चलचित्र प्रि(प्रोडक्सन चरणमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending