Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

चाँगुमा जग्गा कित्ताकाट र सम्याउने नाममा जताततै डोजर आतंक

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन्। हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ। 

कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ। 

नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले प्राकृतिक वातावरण नै खल्बल्याउन थालेपछि साना डाँडा भाँसिन थालेका छन्। भीर, पहिरोमा समेत डोजर चलाउने गरेपछि थप समस्या भइरहेको छ।  

तपाईं यो क्षेत्रमा जानुभएको छ भने पक्कै यस्तै देख्नुभएको होला! यो समस्या हिजोआजको भने होइन। यहाँ वर्षांैदेखि यस्तै भइरहेको छ। समस्याबारे स्थानीयले आवाज नउठाएका पनि होइनन्, राज्यका निकायहरूले पनि समस्या समाधानका लागि पहल गरिरहेकै छन्। कहिले राष्ट्रिय सर्तकता केन्द्र त कहिले अख्तियारले लिखित पत्र काटेर समस्या समाधानको पहल गर्ने गरेका छन् तर पनि वर्षौंदेखि समस्या यथावत छ। 

स्थानीयवासीले स्थानीय तहबाट स्वीकृत लिएर वा नलिएर वर्षौदेखि यस्ता गतिविधि भइरहे पनि समस्या समाधानको ठोस पहल नभएको आरोप लगाउने गरेका छन्।

यस्ता गुनासाबारे सरोकार भएकाहरूसमेत बेखबर छैनन्। यस्तै गुनासा सुनेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यही जेठ ११ गते नगरप्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर गुनासाबारे ध्यानाकर्षण गराए। छलफलपछि नगरपालिकाले जोडर चलाउन दिएका सबै इजाजत रद्द गर्ने सहमति भएको थियो। 

‘हामीले अवैध बालुवाखानी सञ्चालन गर्ने, अव्यवस्थितरूपमा डोजर चलाउने भनेर उजुरी र गुनासा आएपछि तिनलाई सम्बोधनको प्रयास गरी नै रहेका छौं। कतिपय अवस्थामा प्रहरी पठाएर निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएर कारबाही गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अस्ति ११ गते नगरप्रमुख र उपप्रमुखलाई बोलाएर यस विषयमा गम्भीर छलफल भएको छ। उत्खननका लागि नगरपालिकाले दिएका अनुमति रद्द गर्ने निर्णय गरेका छौं।’   

यसैबीच नगर उपप्रमुख रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरी जग्गा सम्याउने नाममा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध डोजर चलाउने काम भएकाले त्यसलाई रोक्नुपर्ने बताए।

उनले भने, ‘कतिपय ठाउँमा थोरै जग्गाको स्वीकृति लिएर धेरै जग्गामा डोजर चलाउने, जग्गा सम्याउने नाममा माटो र बालुवाको अवैध निकासी गर्नेजस्ता समस्या देखिए,’ उनले भने, ‘नगर क्षेत्रमा जताततै डोजर आतंक नै चलेको छ, यसले हामीमाथि पनि प्रश्न उठिरहेको छ।’

उपप्रमुख बुढाथोकीले चार/पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिए पनि जग्गा व्यवसायीले आँखा छलेर २५ रोपनीसम्ममा डोजर चलाइरहेको पाइएको बताए। यसरी अवैधरूपमा डोजर चलाएका व्यवसायीबाट डोजरको साँचो नियन्त्रणमा लिने जरिवाना गराउने गरिएको बताए।

‘सुडालको गुम्बामुनी नगरपालिकासँग स्वीकृति नै नलिइ जग्गा प्लटिङ गर्नेक्रममा तीन वटा डोजरको साँचो नियन्त्रणमा लिएर रु ७५ लाख जरिवाना असुल गरेका छौं। नगरकोटको टोलै र डाँडैपिच्छे डोजर चलिरहेका छन्।

यस विषयमा वडाध्यक्षले समेत ध्यानाकर्षण गराउनुभएको छ। हुँदाहुँदा वडा नं ४ कार्यालयको तलतिर डोजर चलाए। यो त अत्ति नै भयो,’ उनले भने।

कार्यपालिका बैठकमा बालुवा उत्खननका विषयमा छलफल भए पनि सहमति नजुटेपछि एक महिनाभित्र जग्गा सम्याएर खाल्डो पुर्न नगरपालिकाले स्वीकृतिको पत्र दिएको थियो। सोही पत्र देखाएर व्यवसायीले बालुवा झिक्न थालेपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका थिए। विवाद बढ्दै गएपछि नगरपालिकाले बालुवाखानी सञ्चालन गर्ने अनुमति रोक्यो, त्यसविरुद्ध व्यवसायीले आन्दोलनसमेत गरे। 

उपप्रमख बुढाथोकी नगर क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरवासीको पनि भएकाले गलत कार्यविरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्। 

‘व्यवसायीले अवैध बालुवा उत्खनन एवम् निकासीमा हामीलाई (नगरप्रमुख र उपप्रमुख) समेत मुछ्ने गरेका छन्, यो आफ्नो गल्तिबाट उम्कने दुष्प्रचारमात्रै हो। त्यसैले तपाईंहरू भ्रममा नपार्नु होला। अवैध उत्खननविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ,’ उपप्रमुख बुढाथोकीले आग्रह गरे।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प, पुटिनपछि जेलेन्स्कीसँग गरे फोनवार्ता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका छन्। यसअघि ट्रम्पले रुसी र...

फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाउन बाबुरामको प्रस्ताव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् । पूर्वप्र...

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

काभ्रे । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ। विभागका अनुसार धेर...

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी ।  ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती रङ्गमें नहाय रहल ।’ (वसन्त ऋतुमा सुरापानले मातेझैँ भएको म...

ओलीको विवादास्पद संवैधानिक नियुक्ति खारेज भए राजनीति फेरि नयाँ मोडमा

काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षअघि परेका रिटमा सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ सुरु गरेको छ । तत्कालीन...

उपप्रधानमन्त्री सिंहकी दिदी संलग्न बाल संगठनको जग्गा हिनामिनामा पनि मुद्दा नचलाउने निर्णय

काठमाडौं । अनाथ बालबालिका पाल्ने परोपकारी संस्था नेपाल बाल संगठनमा ३३ वर्ष नेतृत्वमा रहँदा आर्थिक अनियमिततामा संलग्न उपप्रधानमन्त्री एवं कांग्रेस नेता...

कालीमाटीमा आज करेला प्रतिकेजी सय रुपैयाँ, लौका कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौँ : प्रचण्ड

‘व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार पूरा भएको छैन’

२४ वर्षपछि सडक स्तरोन्नति

गलकोट । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स...

मलेसियाबाट छोरीको शव ल्याउन १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy