काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन्।
त्यसलगत्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरूले पनि साथ दिएका छन्।
महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो।
महासंघको निर्वाचन आगामी जेठ २६ गते हुँदैछ। गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याएकाले खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए।
त्यस्तै, प्रेस युनियनले पनि विभिन्न जिल्ला शाखाहरू तालाबन्दी गरिदिएको छ। उदयपुर, अछाम, काठमाडौं लगायतका केही जिल्लामा तालाबन्दी भएको छ। युनियनले महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
युनियनले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अध्यक्ष र महासचिवले महासंघको विधानअनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दैछौं।’
महासंघका अध्यक्ष र महासचिवले सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनले ठहर गर्दै यस कार्यको घोर आपत्ति गरेको जनाएको छ।
त्यस्तै, महासंघको विधान र महाधिवेशनको म्यान्डेडअनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाप्रति प्रेस युनियनको असहमति छ।
‘विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरू र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ,’ महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस युनियनले आपत्ति जनाउँदै सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ नै हुनुपर्ने चेतावनीसमेत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: