बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।
पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए।
“पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् ।
बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: