सल्यान । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी कसरी गर्ने भन्ने बारेमा ज्ञान प्रदान गर्ने उदेश्य सहित छत्रेश्वरी गाउँपालिकामा तीन दिने तालिम सुरु भएको छ । परम्परागत प्रणालीबाट गरिदै आएको बाख्रापालनलाई व्यवसायीक बनाई त्यसबाट किसानहरुलाई रोजगारमुखी बनाउन सहयोग्स पुर्याउने उदेश्यले छत्रेश्वरी गाउँपालिकाको आयोजनामा किसानहरुका लागि पालिकास्तरिय तालिम सुरु भएको हो ।
शुक्रबार भोटेचौरमा तालिम उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले किसानहरुमा पशुपालन सम्बन्धि सामान्य खालको ज्ञान नहुँदा ठुलो असर पर्ने गरेको भन्दै व्यवसायीक बन्नका लागि यो तालिम निकै महत्वपूर्ण हुने बताए । उनले बाख्रापालन संगै समग्र पशुपालन क्षेत्रको विकासका लागि गाउँपालिकाले विगत देखि नै विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले तालिममा सिकेका विषयलाई कार्यान्वयन गर्दै व्यवसायीक बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने धारणा व्यक्त गरेका थिए ।
आइतबार सम्म सञ्चालन हुने तालिममा बाख्रा पालक कृषकहरुलाई बाख्रामा देखिने समस्या, बाख्रा पालन गर्दा अपनाउनुपर्ने विधि, बाख्रामा लाग्ने रोगहरु र उपचार पद्धती लगायतका विषयमा जानकारी दिईने तथा प्रयोगात्मक रुपमा कक्षा संचालन भइरहेको पशु सेवा शाखा प्रमुख राम बहादुर केसीले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतको पनि सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: