काठमाडौं । साताको सेयर बजारलाई हेर्दा हरियाली देख्न सकिन्छ । साताको चार दिन मात्र कारोबार हुँदा सबै दिन बजार बढेर उल्लासमय भएको देखिन्छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो ।
जसमा बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको थियो । यसअघि एक प्रतिशत मात्र बिक्री गर्न पाइन्थ्यो । यसबाहेक जेठ १ गतेबाट ब्रोकर कमिसन ब्याजदर पनि थप घटेको छ ।
जसको कारण पनि सेयर बजारका लगानीकर्ता केही उत्साहित भएको अनुमान लगाउन सकिन्छ । कारोबारको पहिलो दिनमै ४५ दशमलव ६९ प्रतिशतले बढेर उछाल भित्र्याएको सेयर बजारले साता भरी नै सुखद यात्रा गरेको छ ।
२०१८ दशमलव ७६ को बिन्दुबाट कारोबार सुरु गरेको बजारले साताको अन्त्यसम्म आइपुग्दा २१३१ दशमलव ४९ को बिन्दुमा पुगेर बन्द भएको छ । समग्रमा यो साता बजार ११२ दशमलव ७२ को अन्तरले बढेको छ ।
त्यसैगरी, कारोबार समीक्षा अवधिभर बजारले २१ अर्ब ९९ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । भने, माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ताले रुचि देखाएका छन् भने सर्वाधिक कम कारोबार हुने क्षेत्रमा कर्पोरेट डिभेन्चर रहेको छ ।
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ४५ दशमलव ६९ बिन्दुले बढेर २०६४ दशमलव ४५ बिन्दुमा पुगेको थियो । आइतबार ३२३ कम्पनीको ७४ हजार ९ सय ९१ पटकको कारोबारमा कारोबार रकम ५ अर्ब २५ करोड १० लाख २४ हजार रहेको थियो ।
त्यस दिन माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो । १३ वटै परिसूचक बढ्दा लाइफ इन्स्योरेन्सले सबैलाई उछिनेको थियो । भने सबैभन्दा कम ट्रेडिङ्स इन्डेक्स बढेको थियो ।
सोमबार नेप्से परिसूचक २७ दशमलव ५४ अंकले बढेर २०९२ बिन्दुमा पुगेको थियो । ३ सय १५ कम्पनीका ८० हजार ९ सय ८२ पटकको कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ रहेको थियो । माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो । बैंकिङ उपसमूहले सर्वाधिक आफ्नो सेयर बढाउन सफल भएको थियो भने सर्वाधिक गुमाउनेमा लाइफ इन्सुरेन्स रहेको थियो ।
मंगलबार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
त्यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक बढेको थियो भने विकास बैंकहरुको परिसूचक सबैभन्दा धेरै घटेको थियो त्यसै गरी, हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो ।
लगातार बढिरहेको सेयर बजार बुधबार पनि १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९ सय १२ रुपैयाँ रहेको थियो ।
बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २३ प्रतिशतले बढ्दा होटेल एण्ड टुरिजमको १ दशमलव ९० प्रतिशतले बढेको थियो । त्यस्तै, म्युचुअल फण्डको ० दशमलव ३६ प्रतिशतले बढ्दा विकास बैंकहरुको ० दशमलव ३३ प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा फाइनान्स इन्डेक्स र भने दोस्रोमा माइक्रो फाइनान्स इन्डेक्स रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: