Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन

खबरडबली संवाददाता

सोलुखुम्बु ।  स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो ।

 विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले रु दुई करोड ३८ लाख तीन हजार ५३ को लागतमा जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ । 

भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो ।

“अहिले निर्माण कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गरेको छ । अझै रङ्गरोगन, वाइरिङलगायत काम बाँकी छन् । ढिलै भए पनि सबैको सहयोगले भवन सम्पन्न भएर यहीँबाट सेवा दिन थालेका छौँ”, तिवारीले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै रु ५० लाख खर्च गरेको उनले जानकारी दिए ।

निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र छाडेर ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो । दश वर्षको अवधिमा स्वास्थ्य कार्यालयमा दशजना कार्यालय प्रमुख फेरिएका थिए । अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक रु पाँच लाख जोगिएको छ ।

 ४५ वर्षपछि आफ्नै भवन 

स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थापना भएको ४५ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन प्राप्त गरेको छ । विसं २०३६ मा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा स्थापना भएको कार्यालयले पहिलोपटक गत वैशाख १६ गते आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

तत्कालीन जनस्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय हुँदै हाल स्वास्थ्य कार्यालय कायम भएको छ । स्थापनादेखि भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपटक नवनिर्मित भवनबाट सेवा दिन थालेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार कार्यालयले पछिल्लो १७ वर्षमा घरभाडा बापत  ८५ लाख खर्च गरेको छ ।

वार्षिक  पाँच लाखका दरले १७ वर्षमा एकै व्यक्तिलाई रु ८५ बुझाइएको कार्यालयले जनाएको छ । त्यसअघि पनि कार्यालयले विभिन्न स्थानमा गरी भाडाबापत खर्च हुँदै आएको थियो । साँघुरो निजी भवनबाट कार्यसम्पादन गर्नुपर्दा चुनौतीहरुको सामना गर्नुपरेको कार्यालय प्रमुख तिवारीले बताए । उनका अनुसार २०३६ सालदेखि हालसम्म आइपुग्दा १५ जना कार्यालय प्रमुख फेरिएका छन् ।

कार्यालयको भूमिका निरन्तर कमजोर 

तत्कालीन समयमा जिल्ला जनस्वास्थ्य कार्यालयका रुपमा स्थापना भएको हालको स्वास्थ्य कार्यालयको भूमिका निरन्तर कमजोर बन्दै गएको देखिएको छ । जिल्लाभरका स्वास्थ्य संस्थालाई नियन्त्रण र निगरानी गर्ने अवधारणाअनुसार स्थापना गरिएको जनस्वास्थ्य कार्यालय पछि जिल्ला स्वास्थ्य कार्यालय हुँदै अहिले स्वास्थ्य कार्यालय सोलुखुम्बुका रुपमा परिणत भएको छ ।

कार्यालयको नाम मात्रै नभई अधिकार र भूमिकासमेत विगतको तुलनामा फेरिएको जनस्वास्थ्य निरीक्षक कर्मचन्द्र राजवंशीले बताए । सङ्घीयतापछि कार्यालयको नामसँगै अधिकारसमेत स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत प्रत्यायोजन हुँदा भूमिका र क्षेत्राधिकार दुवै खुम्चिएको उनको भनाइ छ । 

विगतको जिल्लाभरको औषधि खरिददेखि विभिन्न शिविरका लागि भन्दै वार्षिक रु एक करोडभन्दा बढी बजेट हुने कार्यालय अहिले लाखमा खुम्चिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख तिवारीले बताए । 

स्थानीय तह आफैँ स्वयत्त भएकाले कतिपय पालिकामा हुने अधिकांश कार्यक्रमको जानकारी आफूहरुलाई नहुने गरेको उनको भनाइ छ । तिवारीले भने, “विगतमा जिल्लाभरका स्वास्थ्यसम्बन्धी गतिविधि हामी कहाँ हुन्थ्यो तर अहिले त्यस्तो छैन, स्वास्थ्यसम्बन्धी कार्यक्रम स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत सञ्चालन हुने भएपछि हामीलाई थाहा हुँदैन ।” स्थानीय तहले गर्ने स्वास्थ्यका कार्यक्रमबारे स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने भनिए पनि सोको अनिवार्य व्यवस्था नहुँदा जानकारी कम आउने गरेको उनको भनाइ छ ।

जानकारी निकै कम मात्र आउँछन् । कतिपय त थाहासम्म हुँदैन । सोही कारण कार्यालयको क्षेत्राधिकार तथा दायरा साँघुरिँदै गएको कार्यालयका कर्मचारीहरु बताउँछन् । हाल प्रदेश मातहत रहेको स्वास्थ्य कार्यालयमा कार्यक्रमका लागि बजेट कम आउँदा गतिविधि कमजोर हुँदै गएको कर्मचारी रामनारायण शाहले बताए । समयसमयमा विभिन्न कार्यक्रम सञ्चालन हुने भए पनि विगतको जस्तो सक्रियता नरहेको उनको भनाइ छ ।     


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending