Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौँ महानगरले थालेको घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

खबरडबली संवाददाता

काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो ।

चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल गरिएको थियो । 

कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताइन् । ‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्‍याउन कार्यक्रम आयोजना गरिएको हो ।’ उनले भनिन्, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ ।’

हिँसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुन सक्ने बताउँदै उनले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने बताइन् । 

सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए । 

‘प्रजातन्त्र पुनःवहाली भएपछि निर्वाचित जनप्रतिनिधिहरुले केन्द्रमा एउटा अनौपचारिक संयन्त्र बनाएर मेलमिलापको अभ्यास थालेको थियो । त्यसको संयोजक म नै थिएँ ।’ कार्यक्रममा वडा नं। ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘शासन व्यवस्था परिवर्तनपछि स्थानीय तहमा न्यायिक समिति गठन गरेर औपचारिक संयन्त्र निर्माण भयो । अहिले त समितिमा भएका अधिकार वडामा वडाबाट पनि टोलका चौतारीमा आएको छ । यो न्यायिक विकेन्द्रीकरणका कोणबाट सराहनीय अभ्यास हो ।’ वडामा हुने मेलमिलापका कामलाई न्याय चौतारीले अझ सहज र सरल बनाउन सहयोग गर्ने न्यायिक समितिकी सदस्य एवं वडा महिला सञ्जालकी संयोजक आशा श्रेष्ठ रौनियारले धारणा राखे ।

‘नेपालको संविधानले नागरिकलाई न्यायको हक, अपराध पीडितको हक, यातनाविरुद्धको हक, सामाजिक न्याय सुरक्षित गर्ने हकजस्ता हक प्रदान गरेको छ । यी हकसँगै महानगरपालिकाले न्याय प्राप्तिका लागि बनाएका कानुनी व्यवस्थाका बारेमा नागरिकलाई जानकारी दिन, हक प्राप्तिका विधि र क्षेत्राधिकार बुझाउन नागरिकसँग बसेर कानुनकै विषयमा संवाद गर्ने उद्देश्यले कार्यक्रम थालनी भएको हो ।’ कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले भने, ‘महानगरपालिकाले विवाद निरुपण ९कार्यविधि० ऐन २०७५, मानव बेचविखन, ओसारपसार नियन्त्रण कार्यविधि २०७८, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९, लैङ्गिक हिंसा निवारण सञ्चालन कोष सञ्चाल कार्यविधि २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९, महानगर प्रहरी ऐन २०८०, कानुनी सहायता कार्यविधि २०८० जारी भएका छन् । यी सबै कानुन नागरिकलाई प्रदान गरिएका कानुनी हक प्राप्त गर्ने विधिसँग सम्बन्धित छन् । यी विधि नागरिकलाई बुझाउने हाम्रो दायित्वलाई न्यायिक चौतारीले पूरा गराउनेछ ।’ 

आफ्ना टोलका समस्याका बारेमा आफ्नै टोलमा छलफल गर्ने संस्कार विकास गर्न चौतारी संरचना निर्माण गर्ने, भएका चौतारीलाई संरक्षण गरेर छलफल चलाउने वडाको योजना छ । वडाध्यक्ष धर्मराज भट्टराईले योजना सुनाए । 

चौतारीमा सहभागी हुन स्थानीयहरु बाक्लो गरी उपस्थिति भएका थिए । उनीहरुलाई चौतारीकै शैलीमा बस्ने व्यवस्था गरिएको थियो । अतिथिहरुलाई पनि चौतारीमा सुकुल बिछ्याएर राखिएको थियो ।   

यस्ता संरचना अरु वडामा पनि विस्तार गर्दै लैजाने महानगरपालिकाको योजना छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending