Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड लाग्ने अनुमान

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै रु ५८ अर्बको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे रु ६३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको हो । 

प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख भरतमणि पाण्डेका अनुसार प्रारम्भिक रुपमा अध्ययन गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । 

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए । 

२०८० असोज १६ गते बझाङमा पाँच दशमलव तीन  रेक्टरस्केलको भूकम्प जाँदा एक जनाको मृत्यु र ३० जना घाइते भएका थिए । त्यसअघि २०७९ कात्तिक २२ मा डोटीमा छ दशमलव छ रेक्टरको भूकम्प जाँदा छ जनाको मृत्यु र आठ जना घाइते भएका थिए । 

ती तीनै वटा भूकम्पबाट ९५ हजार ७८७ घर क्षति भएको विवरण छ । ती घरमा कुल रु ४३ अर्ब ३९ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यसबाहेक दुई सय चार वटा विद्यालय भवन, ७० सरकारी र सार्वजनिक भवन, ११ वटा साँस्कृतिक सम्पदा, झण्डै दुई सय किलोमिटर सडक र एक सय २१ वटा सिंचाई आयोजनामा क्षति पुगेको थियो । सबैभन्दा बढी मानवीय र भौतिक क्षति जाजरकोट भूकम्पले गराएको थियो । उक्त भुकम्पमा मात्रै ८६ हजार बढी घर क्षति भएको छ । 

प्राधिकरणले गरेको प्रारम्भिक मूल्याङ्कनमा निजी आवास, सरकारी भवन, स्वास्थ्य, शिक्षा र तथा साँस्कृतिक भवनको पुनःनिर्माणका लागि रु ५२ अर्ब ४६ करोड, अन्य पूर्वाधार क्षेत्र पुनःनिर्माणका लागि रु सात अर्ब १८ करोड, उत्पादनशिल क्षेत्रका लागि रु एक अर्ब ७३ करोड र अन्य गरेर कुल रु ६३ अर्ब ५८ करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

सोही आधारमा पुनःनिर्माणको आवश्यक प्रक्रिया अघि बढाउन थालिएको छ । जाजरकोट, बझाङ्ग र डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाहरुको प्रबलीकरण, पुनःनिर्माण र पुनःस्थापनाको योजना तर्जुमा गर्न विस्तृत क्षति आकलनको अवधारण स्वीकृत गरी बजेटका लागि अर्थ मन्त्रालयमा सहमति माग्ने निर्णय यसअघि नै भइसकेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसअघि गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रवलिकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ स्वीकृत पनि गरिसकेकाले अब पुनःनिर्माणका काम अघि बढाइने जानकारी दिए ।

यसपटक लाभग्राही कायम गरी ‘क’, ‘ख’ र ‘ग’मा वर्गीकरण गरिने र आवास पुनःनिर्माणको काम अघि बढाइने उहाँले बताए । 

कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्ने छ । क्षति आकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई नै दिइएको छ । उसले नसकेमा स्थानीय तहलाई प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने छ ।

स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुने छ । सम्झौताको २ वर्षभित्रमा पुनःनिर्माण सक्ने गरी कार्यविधि तयार पारिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending