Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

शी लिड्स आईकन २०८१ को आवेदन खुला

खबरडबली संवाददाता

काठमाडौं । शीलिड्स आईकन २०८१ को आवेदन खुला भएको छ । महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यका साथ शीलिड्स आईकन २०८१ को आवेदन खुलेको हो ।

महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने  कल्प इम्पावर वेमेन नेपालले महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा निती, महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ । 

जसका लागि महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भए पश्चात गरेका राम्रा कामहरु,  अहिलेपनि भोग्नु परेका  समस्या र चुनौतीहरुलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरीसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले बताईन् । सुचना र प्रविधिको युग अनुसार उनिहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार, भावना र अभिमतलाई समेटेर थप उर्जा र हौसला प्रदान गरिने कल्पले जनाएको छ । 

महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने, राजनैतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई हौसला तथा उर्जा प्रदान गर्ने, राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह गर्ने, संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना गर्ने उदेश्य सि लिड आईकनको रहेको छ । 

यसैगरी राजनैतिक अधिकारको आन्दोलनमा रहेका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने, महिला अधिकार र सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने,  नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र भविष्यको बारेमा वृत्तचित्र तयार पारेर प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने उदेश्य रहेको कल्पकी अध्यक्ष पुजा कोइरालाले बताईन् । 

सी लिड आईकनमा भाग लिन गुगल फर्म मार्फत आवेदन दिन सकिन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending