Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

अकुत सम्पत्ति आर्जनको आरोपमा कुलमानको परिवारमाथि उजुरी

खबरडबली संवाददाता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।

घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए । सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङका नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खानसमेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ ।

कुलमान २०७३ सालमा प्राधिकरणमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए भने उनले आफ्ना भाइहरूका नाममा २०७४ सालमा सो तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गरेका थिए । २०७४ सालमा स्थापना भएको कम्पनीले कुलमानको आवरणमा गरेको आम्दानी शंकास्पद देखिएपछि २०७४ सालमै तत्कालीन प्रधनमन्त्री केपी शर्मा ओलीका पालामा राजस्वले छापा हानेर तीन महिना कारोबार बन्द भएको थियो ।

शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरलाई प्राधिकरणका कार्यकारी निर्देशक आफ्ना दाइ कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामान यही कम्पनीमार्फत लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा उल्लेख छ ।

साथै, सन् २०१२ मा करिब ४ अर्ब ४७ करोडबराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको ९ लाख ६० हजार कित्ता सेयर अर्थात् १२ दशमलव ५ प्रतिशत (तत्कालीन मूल्यनुसार ५५ करोड ८७ लाख रुपैयाँ)को सेयर इक्रा नेपालले खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछलीसमेत गरेको र सो रकमसमेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएकाले छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending