Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अकुत सम्पत्ति आर्जनको आरोपमा कुलमानको परिवारमाथि उजुरी

खबरडबली संवाददाता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।

घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए । सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङका नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खानसमेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ ।

कुलमान २०७३ सालमा प्राधिकरणमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए भने उनले आफ्ना भाइहरूका नाममा २०७४ सालमा सो तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गरेका थिए । २०७४ सालमा स्थापना भएको कम्पनीले कुलमानको आवरणमा गरेको आम्दानी शंकास्पद देखिएपछि २०७४ सालमै तत्कालीन प्रधनमन्त्री केपी शर्मा ओलीका पालामा राजस्वले छापा हानेर तीन महिना कारोबार बन्द भएको थियो ।

शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरलाई प्राधिकरणका कार्यकारी निर्देशक आफ्ना दाइ कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामान यही कम्पनीमार्फत लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा उल्लेख छ ।

साथै, सन् २०१२ मा करिब ४ अर्ब ४७ करोडबराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको ९ लाख ६० हजार कित्ता सेयर अर्थात् १२ दशमलव ५ प्रतिशत (तत्कालीन मूल्यनुसार ५५ करोड ८७ लाख रुपैयाँ)को सेयर इक्रा नेपालले खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछलीसमेत गरेको र सो रकमसमेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएकाले छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

बैतडीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending