काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि पनि पटक पटक विश्वासको मत लिने भनेर तम्सिएका मुख्यमन्त्री सोडारी सत्ता साझेदार दलहरूले अटेर गरेपछि रोकिएका थिए ।
नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीले हतार गरेको भन्दै तत्कालै विश्वासको मत नदिने अडान लिएको थियो । त्यसपछि मुख्यमन्त्री सोडारी रोकिएको थिए । तर, यसपटक भने एमालेले विश्वासको मत दिने मुख्यमन्त्री सोडारीको दल नेकपा एस, संसदीय दलका उपनेता प्रकाश रावल बताउँछन् । जेठ ३ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, “यसपटक एमालेका साथीहरूले सहर्ष रूपमै मत दिनुहुन्छ । अस्ति पनि उहाँहरूकै मागअनुसार मुख्यमन्त्रीजी रोकिनुभएको हो ।”
त्यसो त मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर, एमाले भने पुरानै अडानमा छ । केन्द्रबाट कुनै निर्देशन नआएको उल्लेख गर्दै एमाले सांसद धर्मराज पाठकले भने, “केन्द्रबाट केही कुरा आएको छैन । त्यहाँबाट केही नआएसम्म विश्वासको मत दिने कुरा छैन ।”
संसदीय दलमा पनि कुनै छलफल नभएको उनले बताएका छन् । संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई उद्धृत गर्दै उनले भने, “केन्द्रबाट निश्चित निर्देशन आउनुपर्छ अनि मात्रै हामीले यहाँ कार्यान्वयन गर्ने हो । अन्यथा केही हुँदैन ।”
एकीकृत समाजवादीले भने आफूलाई सुदूरपश्चिममा सघाओस् भनेर कोशीका एमालेका तर्फबाट बनेका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्— गठबन्धन सरकार भनेको दामासाही रूपमा सघाउने कुरा हो, हामीले कोशीमा सघाएका छौँ, एमालेले सुदूरपश्चिममा सघाउँछ भन्ने विश्वास छ ।
मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, नेकपा (माओवादी), रञ्जिता श्रेष्ठ पक्षीय नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनको दाबी असंवैधानिक भन्दै रेशम चौधरी पक्षीयका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: