Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

जेठ ३ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।  यसअघि पनि पटक पटक विश्वासको मत लिने भनेर तम्सिएका मुख्यमन्त्री सोडारी सत्ता साझेदार दलहरूले अटेर गरेपछि रोकिएका थिए ।

नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीले हतार गरेको भन्दै तत्कालै विश्वासको मत नदिने अडान लिएको थियो । त्यसपछि मुख्यमन्त्री सोडारी रोकिएको थिए । तर, यसपटक भने एमालेले विश्वासको मत दिने मुख्यमन्त्री सोडारीको दल नेकपा एस, संसदीय दलका उपनेता प्रकाश रावल बताउँछन् । जेठ ३ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, “यसपटक एमालेका साथीहरूले सहर्ष रूपमै मत दिनुहुन्छ । अस्ति पनि उहाँहरूकै मागअनुसार मुख्यमन्त्रीजी रोकिनुभएको हो ।”

त्यसो त मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर, एमाले भने पुरानै अडानमा छ । केन्द्रबाट कुनै निर्देशन नआएको उल्लेख गर्दै एमाले सांसद धर्मराज पाठकले भने, “केन्द्रबाट केही कुरा आएको छैन । त्यहाँबाट केही नआएसम्म विश्वासको मत दिने कुरा छैन ।”

संसदीय दलमा पनि कुनै छलफल नभएको उनले बताएका छन् । संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई उद्धृत गर्दै उनले भने, “केन्द्रबाट निश्चित निर्देशन आउनुपर्छ अनि मात्रै हामीले यहाँ कार्यान्वयन गर्ने हो । अन्यथा केही हुँदैन ।”

एकीकृत समाजवादीले भने आफूलाई सुदूरपश्चिममा सघाओस् भनेर कोशीका एमालेका तर्फबाट बनेका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्— गठबन्धन सरकार भनेको दामासाही रूपमा सघाउने कुरा हो, हामीले कोशीमा सघाएका छौँ, एमालेले सुदूरपश्चिममा सघाउँछ भन्ने विश्वास छ ।

मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, नेकपा (माओवादी), रञ्जिता श्रेष्ठ पक्षीय नागरिक उन्मुक्ति पार्टी  र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनको दाबी असंवैधानिक भन्दै रेशम चौधरी पक्षीयका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: