काठमाडौं । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास उत्पत्ती आदिका विषयमा थप खोज तथा अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।
भेलामा नेपालमा धनञ्जय गोत्रका ४५ थरहरु रहेको र भारतका विभिन्न स्थानमा ५४ थर रहेको जानकारी दिदै हाल सो समाजमा १९ थरका प्रतिनिधि सहभागी रहेको र अन्य थरका व्यक्तिलाई पनि क्रमशः अवद्ध गर्दै लगिने जानकारी गराइयो ।
सहभागीहरुले विभिन्न पेशा वा बासस्थान आदिका कारण एउटै गोत्रभित्र धेरै थरहरु भए पनि आफ्ना आदिम पुर्खाहरु एउटै परिवारबाट आएका भएकाले त्यसको बारेमा खोज र अनुसन्धान गरी नयाँ पुस्ताहरुलाई ज्ञानहस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
समाजका सयोजक नेपाल सरकारका पूर्व सचिव युवराज भुषालको सभापत्विमा सम्पन्न भेलाले समाजलाई आगमी दिनमा कसरी थप व्यबस्थित र चुस्त बनाउने भन्ने विषयमा कार्ययोजना पारित गर्दै वर्षमा कम्तिमा एक पटक बन्धुहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुले धनञ्जय गोत्र भित्रका विभिन्न थरसँग सम्बिन्धित समाजका प्रतिनिधिहरुले कतिपयको बंशावली तयार भई सकेको र केहीको तयारीको क्रममा रहेको जानकारी गराएका थिए । सो अवसरमा महर्षि धनञ्जय गोत्रीय बंशको चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: