विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश समितिको नेतृत्व चयनमा विवाद भएको छ । नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै निर्वाचन गराउन तयार नभएपछि नेतृत्व नै चयन हुन नसकेको हो ।
सहमति जुट्न नसक्दा ९१ सदस्यहरु मात्र चयन गरेर अधिवेशन सकिएको छ । विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ जना सदस्य मात्र चयन भएका हुन् । अनेमसंघ प्रदेश अध्यक्षमा दुई जनाको दाबी रहेपछि पदाधिकारी टुंगो नलागेको नेताहरुले बताएका छन् । अनेमसंघ प्रदेशको अध्यक्षमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा महिला संगठनको केन्द्रीय सचिवलाय सदस्य रहेका विराटनगरकी लत्ता न्यौपाने र झापाकी निरु खतिवडाले दाबी गरेका छन् । उनीहरुले अन्तिमसम्म अध्यक्षमा दाबी नछोडेपछि नेतृत्व चयन हुन नसकेको हो ।
बिधान अनुसार अधिवेशनबाट निर्वाचित सदस्यहरुले नै पदाधिकारी चुन्ने भएकोले अबको बैठकबाट टुंगो लगाउने नेताहरुले बताएका छन् ।
एक हप्ताभित्रमा सहमति गर्ने प्रत्यन्त गर्ने र सहमति हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन हुने पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी महिला नेतृ गिता तिम्सिनाले जानकारी दिएकी छन् । अनेमसंघको प्रथम अधिवशेनमा माओवादी केन्द्र प्रदेश इञ्न्चार्ज हरीबोल गजुरेल, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: