नवलपरासी । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत सिप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । आयातित सामान प्रयोग गर्दा आत्मनिर्भरभन्दा परनिर्भर बन्नु परेको छ भने पुर्ख्यौली पेसा लोप हुन थालेका छन् ।
पूर्वी नवलपरासी कावासोती नगरपालिका–२ का ६५ वर्षीय तेजबहादुर विकले आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको छ । ४० वर्षदेखि परम्परागत आरन पेसा सञ्चालन गरेर आफ्नो सात जनाको परिवार पाल्दै आएका उनी परम्परागत पेसा सङ्कटमा पर्न लागेकोमा चिन्ता व्यक्त गर्छन् ।
आफूले १०र१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उनको भनाइ छ । अचेल बजारमा हँसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाइने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताए । उनले भने, “हिजोआज वनमा गोल (कोइला) पाउनै मुस्किल छ । गोल नभएपछि काम बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।” केही वर्षअघिसम्म परम्परागत आरन पेसाबाट राम्रो आन्दानी हुने र घरखर्च चलाउन सहज भए पनि अहिले घरखर्च चलाउनै धौ धौ परेको उनदे बताए ।
एकातर्फ गोल पाउन मुस्किल अर्कातर्फ टाढा टाढाबाट ग्राहक आउने गरे पनि अहिले सिजनमा एक दुई पटक मात्र आफ्नो आरनमा धार लगाउन आउने गरेको उनले बताए । वनबाट गोल पाउनै छाड्दा आफूहरूको पेसा नै सङ्कटमा पर्न थालेको उनको गुनासो छ । देवचुलीका आरन व्यवसायी शङ्कर विकले बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइला अभाव हुँदा पुर्ख्यौली कामलाई निरन्तरता दिन कठिन भइरहेको बताए ।
गाउँघरमा समेत ग्यास प्रयोग बढ्दा धेरैले कोइला बनाउन छाडेको उहाँको भनाइ छ । उनले भने, “हामीहरूले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामीपछिका युवा पुराना पुस्ताको सिप सिक्न मान्दैनन् ।” सहज रूपमा सामग्री नपाइने र बनेका सामग्री बिक्री नहुने भएकाले वैकल्पिक पेसाको खोजीमा रहेको उनीहरूको भनाइ छ ।
परम्परागत आरन व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश विक सामुदायिक वनबाट सहज रूपमा गोल पाउनै नसकिने, पाए पनि महँगो पर्ने हुँदा आफूहरूको पेसा धान्नै गाह्रो भएको बताए । पछिल्लो समय फलामका औजार घर घर आउने भएकाले सुविधा भए पनि आफ्नो पेसा सङ्कटमा पर्न थालेको उनले बताए ।
जिल्लामा धेरै जसो दलित समुदायबाट र जिल्लाको पहाडी क्षेत्रमा मगर समुदायबाट समेत परम्परागत रूपमा आरन व्यवसाय सञ्चालन गर्ने व्यवसायी रहेको अध्यक्ष विकले बताए । पुर्ख्यौली पेसालाई जोगाउन चाहेर पनि समय परिवेशले जोगाउनै मुस्किल भएको सम्बन्धित समुदायको भनाइ छ । पुख्र्यौली पेसाले जीविकोपार्जन गर्न मुस्किल पर्ने हुँदा यो पेसा लोप हुने अवस्थामा पुगेको विकले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: