Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त

खबरडबली संवाददाता

काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार  सुस्त देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ । 

आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म १५।८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ । तर, हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ । सरकारले यस सडकखण्ड विस्तारलाई सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाअन्तर्गत राखेको छ ।

तीनवटा ठेकेदार कम्पनीमार्फत यो सडकखण्ड विस्तार भइरहेको छ । जसमा सूर्यविनायक–साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का लगाइएको छ । सडक विभागका अनुसार सूर्यविनायक–साँगासम्मको ठेक्का मंसिर ०७९, साँगा–धुलिखेलसम्मको ठेक्का पुस ०७९ र पुल निर्माणको ठेक्का चैत ०७९ मा लगाइएको थियो । हाल सूर्यविनायक–साँगा खण्डमा २० प्रतिशत, साँगा–धुलिखेल खण्डमा २५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य छ । 

बिपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनसहित बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न लागिएको हो । तर, सडक विस्तारमा देखिएको सुस्तताले दैनिक लाखौँ मानिसले सास्ती पाइरहेका छन् । सडक विस्तारका क्रममा हुने सडक अवरोधका कारण अत्यधिक जाम र दुर्घटनासमेत व्यहोर्न बाध्य हुनुपरेको चालकहरू बताउँछन् । आयोजनाले कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने, जग्गा अधिग्रहण गर्नेलगायत काम गरिरहेको छ । 

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद लामिछानेले आवश्यकताअनुसारको बजेट व्यवस्था भए अझै पनि निर्धारित समयमा काम सकिने दाबी गर्छन् । ‘हालसम्मका काम सुस्त भए पनि अब यसलाई तीव्रता दिन्छौँ, तर सरकारले समयमै बजेट निकासा गरिदिनुपर्छ,’ उनले भने, ‘सडकवरपरका अवरोध हटाउने, बिजुलीका पोल सार्ने, स्टिमेट तयार पार्नेलगायत काम सकिएका छन् ।’ यस आयोजनाको सूर्यविनायकदेखि धुलिखेलसम्म तीनवटा पुल निर्माण गर्नुपर्नेछ । तर, हालसम्म पुल निर्माणको काम अघि बढेको छैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार पुल डिजाइन तयार गरी ठेकेदार कम्पनीले स्वीकृतिका लागि विभागलाई पठाएको छ । तर, विभागले त्यसमा मूल्यांकन र अध्ययन गर्न बाँकी छ । ‘पुल निर्माणका लागि डिजाइन स्वीकृतिको चरणमा छ, स्वीकृत भएपछि भौतिक रूपमा काम सुरु हुन्छ,’ महानिर्देशक ढकालले भने, ‘सबै मिलेको छ भने हामी स्वीकृति दिन्छौँ ।’ 

सडक विस्तार गर्दा भेटिए सम्पदा
सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा साँगा र बनेपामा ऐतिहासिक ढुंगेधारा, पाटीलगायत सम्पदा भेटिएपछि उक्त क्षेत्रमा काम रोकिएको छ । सम्पदा भेटिएको जानकारी पाएपछि पुरातत्व विभागले काम रोक्न तीन महिनाअघि निर्देशन दिएको थियो । विभागले आवश्यक समन्वय गरेर मात्रै काम अघि बढ्न दिने जनाउँदै आएको छ । नयाँपत्रिकामा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending