Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त

खबरडबली संवाददाता

काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार  सुस्त देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ । 

आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म १५।८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ । तर, हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ । सरकारले यस सडकखण्ड विस्तारलाई सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाअन्तर्गत राखेको छ ।

तीनवटा ठेकेदार कम्पनीमार्फत यो सडकखण्ड विस्तार भइरहेको छ । जसमा सूर्यविनायक–साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का लगाइएको छ । सडक विभागका अनुसार सूर्यविनायक–साँगासम्मको ठेक्का मंसिर ०७९, साँगा–धुलिखेलसम्मको ठेक्का पुस ०७९ र पुल निर्माणको ठेक्का चैत ०७९ मा लगाइएको थियो । हाल सूर्यविनायक–साँगा खण्डमा २० प्रतिशत, साँगा–धुलिखेल खण्डमा २५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य छ । 

बिपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनसहित बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न लागिएको हो । तर, सडक विस्तारमा देखिएको सुस्तताले दैनिक लाखौँ मानिसले सास्ती पाइरहेका छन् । सडक विस्तारका क्रममा हुने सडक अवरोधका कारण अत्यधिक जाम र दुर्घटनासमेत व्यहोर्न बाध्य हुनुपरेको चालकहरू बताउँछन् । आयोजनाले कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने, जग्गा अधिग्रहण गर्नेलगायत काम गरिरहेको छ । 

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद लामिछानेले आवश्यकताअनुसारको बजेट व्यवस्था भए अझै पनि निर्धारित समयमा काम सकिने दाबी गर्छन् । ‘हालसम्मका काम सुस्त भए पनि अब यसलाई तीव्रता दिन्छौँ, तर सरकारले समयमै बजेट निकासा गरिदिनुपर्छ,’ उनले भने, ‘सडकवरपरका अवरोध हटाउने, बिजुलीका पोल सार्ने, स्टिमेट तयार पार्नेलगायत काम सकिएका छन् ।’ यस आयोजनाको सूर्यविनायकदेखि धुलिखेलसम्म तीनवटा पुल निर्माण गर्नुपर्नेछ । तर, हालसम्म पुल निर्माणको काम अघि बढेको छैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार पुल डिजाइन तयार गरी ठेकेदार कम्पनीले स्वीकृतिका लागि विभागलाई पठाएको छ । तर, विभागले त्यसमा मूल्यांकन र अध्ययन गर्न बाँकी छ । ‘पुल निर्माणका लागि डिजाइन स्वीकृतिको चरणमा छ, स्वीकृत भएपछि भौतिक रूपमा काम सुरु हुन्छ,’ महानिर्देशक ढकालले भने, ‘सबै मिलेको छ भने हामी स्वीकृति दिन्छौँ ।’ 

सडक विस्तार गर्दा भेटिए सम्पदा
सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा साँगा र बनेपामा ऐतिहासिक ढुंगेधारा, पाटीलगायत सम्पदा भेटिएपछि उक्त क्षेत्रमा काम रोकिएको छ । सम्पदा भेटिएको जानकारी पाएपछि पुरातत्व विभागले काम रोक्न तीन महिनाअघि निर्देशन दिएको थियो । विभागले आवश्यक समन्वय गरेर मात्रै काम अघि बढ्न दिने जनाउँदै आएको छ । नयाँपत्रिकामा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending