Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बागमतीमा २०८१ लाई सीप विकास वर्ष घोषणा

खबरडबली संवाददाता

मकवानपुर  । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा गर्दै समापन भएको छ । बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले आइतबार यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।

१३ बुँदे घोषणा पत्र जारी गर्दै परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले सीप विकास वर्ष घोषणा गरेका हुन् । घोषणापत्रमा भनिएको छ, ‘जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ ।’

युवामा लगानी बिना देशको समृद्धि हुन नसक्ने दाबीसहित सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी सम्भावनाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युवामैत्री नीति निर्माण, विद्यमान नीतिगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन र युवा लक्षित यथेष्ट स्रोत साधन र लगानीका लागि सामुहिक आवाजलाई थप बुलन्द पार्ने घोषणा पत्रमा उल्लेख छ ।

सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति, २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमतीका युवाहरुको चाहना र आवश्यकताको सम्बोधन गरिनु पर्ने माग गरेको छ । २८ वैशाखबाट सुरु सम्मेलनमा उठेका विषयमाथि आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग युवाहरुको अन्तर्क्रियासँगै प्रश्न–उत्तरका साथै युवाहरुको सफलताका कथा प्रस्तुत भएका थिए ।

सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तरक्रिया भएको थियो ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् घोषणापत्रः

१. बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरुको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनुपर्दछ ।

२. संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरु, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरहरुको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले यस बागमती प्रदेशमा नेतृत्वदायी उपस्थितीसहित महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । यसका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चिता हुनुपर्दछ । बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधनसम्पन्न बनाउदै बागमती प्रदेशका युवाहरुका साझा सवालहरुको सम्बोधनका लागि परिषद्को नेतृत्वदायी भुमिकालाई थप प्रवद्र्धन गर्नुपर्दछ ।

३. बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरिरहेको युवाहरुको सिप विकाश तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बागमती प्रदेशका सबै युवाहरुमाझ पुर्‍याउनुपर्छ । युवाहरुमा रोजगारी, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले गरेको सिप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।

४. बागमती प्रदेशका सबै स्थानीय तहहरुको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत युवामैत्री स्थानीय तहहरुको प्रवद्र्धन गर्नुपर्दछ ।

५. स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाहरुको सृजनशील सहभागिता प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाहरुको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिति प्रवद्र्धन गर्नुपर्छ ।

६. युवाहरुको साझा सवालहरुको सम्बोधनका लागि युवाहरुमा लगानी प्रवर्द्धन गरिनु पर्दछ । युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवाहरुमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरुको पहुँच विकास गरिनु पर्दछ ।

७. युवाहरुमा सचेतना, शिक्षा, सृजनाशिलता र सहभागिताको प्रवर्द्धन गर्नुपर्दछ । युवालाई देशमै संभावनाहरुको खोजी र युवाहरुका लागि अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक छ । विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

८. बागमती प्रदेशका कला, संस्कृक्ति, पुरातत्व र ऐतिहासिक तथा प्राकृक्तिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनमा युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ ।

९. जलवायु परिवर्तनका नकारात्मक असरहरु, विपद् रोकथाम तथा व्यवस्थापन र वातावरण संरक्षणमा युवाहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी युवाहरुको नेतृत्वमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन र वातावरणिय न्यायको प्रवर्द्धन गर्नुपर्दछ ।

१०. युवाहरुका लागि सुचना प्रविधिमा पहुँच, क्षमता विकाश, सिप विकाश, युवाहरुले नेतृत्व गरेका संस्थाहरुको संस्थागत सवलीकरण, संजालीकरण र युवाका साझा सवालहरुको सम्बोधन लगायतका सवालमा प्रदेश युवा परिषद् तथा जिल्ला युवा सत्रिति र स्थानीय तहहरुको समेत थप क्रियाशिलता बनाउनुपर्छ ।

११. युवालाई प्राविधिक, गुणस्तरीय, व्यवहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त वनाउदै समग्र विकासमा युवाहरुलाई नेतृत्वदायी रुपमा स्थापित गर्न उत्प्रेरित गर्दै समृद्ध बागमती प्रदेश अभियानमा युवाहरुको सहभागितात्मक नेतृत्व प्रवद्र्धन गरिनुपर्दछ ।

१२. युवाका उत्पादनहरुको ब्राण्डिङ, बजारीकरण र युवालाई उत्पादनमा जोड्नका लागि नवप्रवर्तनसँग सम्वन्धित विशेष नीतिगत व्यवस्थाहरु तय गर्दै भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ

१३. नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाहरुको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर हो । जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ । युवाहरुका लागि देशमै दिगो र प्रभावकारी संभावनाहरुको खोजी गर्नुपर्दछ । युवामा लगानी बिना देशको समृद्धि हुनै सक्दैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending