Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

बागमतीमा २०८१ लाई सीप विकास वर्ष घोषणा

खबरडबली संवाददाता

मकवानपुर  । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा गर्दै समापन भएको छ । बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले आइतबार यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।

१३ बुँदे घोषणा पत्र जारी गर्दै परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले सीप विकास वर्ष घोषणा गरेका हुन् । घोषणापत्रमा भनिएको छ, ‘जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ ।’

युवामा लगानी बिना देशको समृद्धि हुन नसक्ने दाबीसहित सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी सम्भावनाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युवामैत्री नीति निर्माण, विद्यमान नीतिगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन र युवा लक्षित यथेष्ट स्रोत साधन र लगानीका लागि सामुहिक आवाजलाई थप बुलन्द पार्ने घोषणा पत्रमा उल्लेख छ ।

सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति, २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमतीका युवाहरुको चाहना र आवश्यकताको सम्बोधन गरिनु पर्ने माग गरेको छ । २८ वैशाखबाट सुरु सम्मेलनमा उठेका विषयमाथि आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग युवाहरुको अन्तर्क्रियासँगै प्रश्न–उत्तरका साथै युवाहरुको सफलताका कथा प्रस्तुत भएका थिए ।

सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तरक्रिया भएको थियो ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् घोषणापत्रः

१. बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरुको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनुपर्दछ ।

२. संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरु, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरहरुको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले यस बागमती प्रदेशमा नेतृत्वदायी उपस्थितीसहित महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । यसका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चिता हुनुपर्दछ । बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधनसम्पन्न बनाउदै बागमती प्रदेशका युवाहरुका साझा सवालहरुको सम्बोधनका लागि परिषद्को नेतृत्वदायी भुमिकालाई थप प्रवद्र्धन गर्नुपर्दछ ।

३. बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरिरहेको युवाहरुको सिप विकाश तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बागमती प्रदेशका सबै युवाहरुमाझ पुर्‍याउनुपर्छ । युवाहरुमा रोजगारी, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले गरेको सिप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।

४. बागमती प्रदेशका सबै स्थानीय तहहरुको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत युवामैत्री स्थानीय तहहरुको प्रवद्र्धन गर्नुपर्दछ ।

५. स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाहरुको सृजनशील सहभागिता प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाहरुको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिति प्रवद्र्धन गर्नुपर्छ ।

६. युवाहरुको साझा सवालहरुको सम्बोधनका लागि युवाहरुमा लगानी प्रवर्द्धन गरिनु पर्दछ । युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवाहरुमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरुको पहुँच विकास गरिनु पर्दछ ।

७. युवाहरुमा सचेतना, शिक्षा, सृजनाशिलता र सहभागिताको प्रवर्द्धन गर्नुपर्दछ । युवालाई देशमै संभावनाहरुको खोजी र युवाहरुका लागि अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक छ । विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

८. बागमती प्रदेशका कला, संस्कृक्ति, पुरातत्व र ऐतिहासिक तथा प्राकृक्तिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनमा युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ ।

९. जलवायु परिवर्तनका नकारात्मक असरहरु, विपद् रोकथाम तथा व्यवस्थापन र वातावरण संरक्षणमा युवाहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी युवाहरुको नेतृत्वमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन र वातावरणिय न्यायको प्रवर्द्धन गर्नुपर्दछ ।

१०. युवाहरुका लागि सुचना प्रविधिमा पहुँच, क्षमता विकाश, सिप विकाश, युवाहरुले नेतृत्व गरेका संस्थाहरुको संस्थागत सवलीकरण, संजालीकरण र युवाका साझा सवालहरुको सम्बोधन लगायतका सवालमा प्रदेश युवा परिषद् तथा जिल्ला युवा सत्रिति र स्थानीय तहहरुको समेत थप क्रियाशिलता बनाउनुपर्छ ।

११. युवालाई प्राविधिक, गुणस्तरीय, व्यवहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त वनाउदै समग्र विकासमा युवाहरुलाई नेतृत्वदायी रुपमा स्थापित गर्न उत्प्रेरित गर्दै समृद्ध बागमती प्रदेश अभियानमा युवाहरुको सहभागितात्मक नेतृत्व प्रवद्र्धन गरिनुपर्दछ ।

१२. युवाका उत्पादनहरुको ब्राण्डिङ, बजारीकरण र युवालाई उत्पादनमा जोड्नका लागि नवप्रवर्तनसँग सम्वन्धित विशेष नीतिगत व्यवस्थाहरु तय गर्दै भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ

१३. नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाहरुको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर हो । जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ । युवाहरुका लागि देशमै दिगो र प्रभावकारी संभावनाहरुको खोजी गर्नुपर्दछ । युवामा लगानी बिना देशको समृद्धि हुनै सक्दैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending