Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवा आकर्षित

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा टँुडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सीप मेलाको आयोजना गरेको थियो । एक महिनामा दुई हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित सीप मेला आयोजना गरिएको हो । सीप सिक्न सयौँ बेरोजगार युवा दैनिक आउन थालेपछि अहिले टुँडिखेल भरी भराउ हुने गरेको छ । फुर्सदको समय कटाउने थलोका रुपमा रहेको टुँडिखेललाई सीप मेलाले सिकाइको केन्द्रमा परिणत गरेको सीप सिक्न आएका दोलखाका प्रजय गोलेले बताए । उनले भने, “सीप मेला सुरु भएपछि अहिले यहाँको रौनक फेरिएको छ, मैले पनि कम्प्युटर हार्डवेयर र नेटवर्किङ सिक्दै छु ।”

एक महिनासम्म सञ्चालन हुने सीप मेलामा सिकर्मी, प्लम्बिङ र प्राविधिकलगायत १० क्षेत्रमा ३० प्रकारका सीप निःशुल्क सिकाइरहेको काठमाडौँ महानगरपालिकाका सहरी योजना सदस्य एवं सीप मेला निर्देशक समिति सदस्य शैलेन्द्र झाले बताउनुभयो । “सीप मेलामा हामीले सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सिसीटिभी क्यामेराबारे सिकाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “हस्पिटालिटी क्षेत्रमा पाक कला, बेकरी, बरिस्टा, बार्टेन्डिङ, वेट्रेसिङ सिकाउँदै छौँ ।”

मेलामा अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, अटो एअर कन्डिसन मर्मतको सीप सिकाउने गरिएको छ । त्यसैगरी, कला र संस्कृति क्षेत्रमा कला र स्कल्प्चरको तालिम दिइनुका साथै निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टाइल, मार्बल फिटिङ र प्लम्बिङजस्ता व्यावहारिक सीप सिकाइएको झाले जानकारी दिए।

मेलामा सीप सिक्नका लागि यही वैशाख १५ गतेसम्म कूल छ हजार चार सयले फाराम भरेका थिए । अहिले पनि फाराम भर्नेको दिनहुँ भीड लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरद्वारा सञ्चालित रोजगार आयवृद्धि गौरवको आयोजना भएकाले सीप मेला भइरहने आयोजकले जनाएको छ ।

सीप मेला निर्देशक समिति सदस्य झाका अनुसार टुँडिखेलमा सीप मेलामा अहिले गार्मेन्टतर्फ टेलरिङ, ड्रेसमेकिङ र फेसन डिजाइन, ब्युटिसियन अर्थात् शृङ्गार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने तालिम स्टाइलिङ र सैलुनको सीप सिकाइँदैछ । त्यसैगरी, मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम, डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिकाइएको छ ।

मेलाले सीप प्राप्त गर्न र नयाँ अवसर खोज्न अवसर दिएको निःशुल्क सीप सिकिरहनु भएका दार्चुलाका मणिराम धामीले बताए। “कतिपय तालिमहरु हामीले पैसा तिरेर पनि पाउन सकेका थिएनौँ, यहाँ आएर निःशुल्क रुपमा सिक्न पाएका छौँ, हाम्रो लागि यो नै ठूलो कुरा हो, सीप सिकेर हामी रोजगार बन्ने छौँ”, उनले भने।

मेलामा सीप सिक्न आएकामध्ये अधिकांशले सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मतलगायत प्राविधिक क्षेत्रमा चासो देखाएका छन् । तालिम पाएका सबैलाई स्वरोजगार वा ओजेटी ९अन द जब ट्रेनिङ० सुनिश्चित गरिएकोे छ । 

विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेमा पाक कलामा निपुणता भएकाको हस्पिटालिटी क्षेत्रमा माग बढी भएकाले होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरले जानकारी दिनुभयो । सीप मेलामा सीप सिक्न इच्छुक सबैले नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्ने तथा त्यसपछि बिहान, दिउँसो र बेलुका आफ्नो समयअनुसार तालिम लिने समय छान्न सकिने व्यवस्था छ ।

उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्ने क्षमताको विकास गर्न थालेको काठमाडौँै महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले बताए। उनले भने, “निःशुल्क सीप तालिम प्रदान गरेर महानगरले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पु¥याउन सशक्त बनाउँदैछ, बेरोजगारका लागि यो राम्रो अवसर हो ।” चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको लक्ष्य छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending