Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

शैक्षिक गुणस्तर सुधार्न पर्वतका स्थानीयतह सक्रिय

खबरडबली संवाददाता
पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ ।
सामुदायिक विद्यालय खाली हुने अवस्था आएपछि जिल्लाका  विभिन्न पालिकाले सक्रियता बढाउन थालेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालय सरह बनाउने उद्देश्यले विहादी गाउँपालिका, पैँयु गाउँपालिका र जलजला गाउँपालिकाले अभियान नै सञ्चालन गरेका छन् ।
हादी गाउँपालिकाले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीसँग शैक्षिक अन्तक्र्रिया गरेको छ । यही वैशाख १६ गतेदेखि सुरु भएको सो अभियान वडा नं ६ शालिग्राम माविमा समापन हुँदै छ । अन्तक्र्रियाका क्रममा थुुप्रै सुझाव सङ्कलन गरिएको र सोही सुझाव सल्लाहका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताए । सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गर्नुपर्ने सुझाव बढी आएका छन् । यसका लागि शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गराएर गुणस्तर सुधारमा लगाइने उनले बताए  ।
सबै वडामा अन्तक्र्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सबै विद्यालयका प्रअबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखि नै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने अध्यक्ष गुरुङले बताए । 
यस्तै पैँयु गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको छ  स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मङ्गलबार पैँयु गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले उद्घाटन गर्नुभयो । विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने उनको भनाइ छ । 
विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्तमात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी कार्यक्रम ल्याइने छ । विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिए । 
“हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको धारणा बुझ्छौँ, विद्यार्थीका समस्या सुन्छौँ, वास्तविक समस्या पहिचान गर्छौं”, उनले भने, “आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं ।”
यसैगरी जलजला गाउँपालिकाले शिक्षकबाटै गुणस्तर सुधार्न प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा पाँच वर्षे विकास र गुणस्तर सुधारको प्रस्ताव माग गरेर प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो । 
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । सोहीअन्तर्गत रहेर नयाँ प्रयोगका रूपमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो । गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउनसक्ने परिवर्तन, कार्यान्वयन गर्नसक्ने कार्यक्रमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नुपर्नेछ । जिल्लाका सातवटै पालिकामा गत शैक्षिकसत्रको अन्तिम परीक्षाको नतिजा निराशाजनक आएपछि गुणस्तर सुधार्न सक्रियता देखाएका हुन् । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending