Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अलमलमा उपेन्द्र यादव, सरकारमै रहने की बाहिरने ?

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । 

उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी बिभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफुहरु सरकारमै रहेको बताउदै नयाँ दल गठनको प्रक्रिया असंबैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।

तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरुको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएका छैनन् ।

उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल बिभाजन गरेर हतार हतार प्रमाण पत्र समेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरित हुने सरकारमै रहने र आफु अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।

प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसदमा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए । 

राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेश प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेश प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।

उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेश प्रदेशमा आफ्नो पकड कायम राख्न समेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेस प्रदेशको सरकार समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।

मधेशको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठुलो दल हो । अहिले एमाले- माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छोड्ने बित्तिकै मधेसको सरकार ढल्ने देखिन्छ ।

जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेशमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउमा आउने सम्भावना देखिदैन । सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् । 

जसपा फुट प्रकरणमा सत्ता समीकरणका शिर्ष नेताहरुको भूमिका लुकेको छैन । यो उपेन्द्र यादवले राम्रो सँग बुझेका छन् । तर मधेशको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ । अबका दिनमा उनले केन्द्रको सत्ता छोड्नु पर्ने अवस्थामा कांग्रेससँग हात मिलाएर जनमत र लोसपा समेतलाई साथ लिने प्रयास गर्ने गर्नुपर्ने देखिन्छ । 

उनले भनेको न्यायिक लडाई आफ्नो ठाउमा छ र यो प्रक्रिया तुरुन्त नजिता दिने किसिमको देखिदैन । त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौं, हामि सरकारमै छौं भनेर नयाँ रणनिति बनाउने समय लिएको देख्न सकिन्छ ।

जसपा नेपाल फुटाएर माधव नेपालको बार्गेनिङ पावर घटाउने देखि जसपा नेपाललाई साइजमा ल्याएर सम्भावित समीकरण फुट्न बाट जोगाएको छैन, कांग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ ।

यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउछन् भन्ने सबैको चासोको विषय बनेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending