Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

पर्यटक बसपार्क सोह्रखुट्टे सडकमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ ।

मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रअन्तर्गत पर्यटक बसका लागि छुट्टै र व्यवस्थित बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टे सडकलाई बसपार्क बनाएर पर्यटकीय गन्तव्यमा ओहोरदोहोर गर्दै आएका छन् ।

विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि भने काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकलाई पर्यटक बसपार्कका रुपमा प्रयोग गरिँदै आइएको छ । पर्यटक बसका लागि सुविधासम्पन्न बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् ।

पर्यटक बस सङ्घीय राजधानी काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटक बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । सोह्रखुट्टेबाट सञ्चालन हुने पर्यटकीय बस बिहान ७ बजे पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायत स्थानमा जाने गरेका छन्  ।

टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसपार्क नहुँदा यात्रुलाई बस चढाउन र ओराल्न समस्या हुँदै आएको बताए । “पर्यटक सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा जथाभावी रुपमा यात्रुलाई चढाउँदा र ओराल्दा ट्राफिक प्रहरीलाई पनि सास्ती हुँदै आएको छ”, उनले भने ।

हाल पर्यटक बस दिउँसोमात्र नभएर रातिको समयमा समेत सञ्चालन हुँदै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग थला परेको मुलुकको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ । कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहे पनि मुलुकको सङ्घीय राजधानी काठमाडौँमै पर्यटक बसका लागि पार्किङस्थल नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै पर्यटक बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताए । “पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले विगतदेखि नै राख्दै आएको छ”, उनले भने ।

नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरलगायतलाई ध्यानाकर्षण गराउँदै आएको नाट्टाका अध्यक्ष थापाको भनाइ छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालको पर्यटन क्षेत्रको विकासका साथै पर्यटन प्रवर्द्धनका लागि पर्यटक बसपार्क आवश्यक रहेको बताए । “पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा महानगर सकारात्मक छ”, उनले भने ।

कामपाले पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँको अध्ययनसमेत गरिरहेको जनाएको छ । पर्यटक बसलाई गोँगबुस्थित नयाँ बसपार्कबाट सञ्चालन गर्नका लागि पटकपटक छलफल समेत हुँदै आएको छ । पोखरा महानगरपालिकाले भने पर्यटक बसका लागि छुट्टै बसपार्क निर्माण गरी सञ्चालन गरिसकेको छ ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य रहेको व्यावसायीले गुनासो गरेका छन् ।

पर्यटक बसमात्र होइन अन्य सार्वजनिक सवारीसाधनसमेत सडकबाट सञ्चालन हुँदै आएका छन्  । कामपा–२६ विष्णुमति किनारामा नयाँ बसपार्क सञ्चालनमा आए पनि त्यसको नजिकै माछापोखरीको वरपरबाट धादिङ, नुवाकोट, रसुवालगायत जिल्लामा जाने सवारीसाधन आवतजावत गर्दै आएका छन् । चितवन र हेटौँडा सञ्चालन हुने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन् ।

जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा सञ्चालन हुने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने जडीबुटीबाट सञ्चालन हुँदै आएका छन् । कामपाले काठमाडौँको चक्रपथ वरपरबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेपनि उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले सबै सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि महानगरले काम गरिरहेको बताए । “काठमाडौँभित्र प्रवेश गर्ने सबै सवारीसाधनलाई व्यवथित रुपमा सञ्चालन गर्ने निती महानगरले लिएको छ, चाँडो कार्यान्वयनमा जान्छौँ”, उनले भने ।

काठमाडौँको गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल दैनिक तीन सयदेखि चार सय सवारीसाधन देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending