Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

टीकापुरमा कफ्र्यु खुकुलो

काठमाडौं । धनगढी र टीकापुर क्षेत्रमा लागेको कफ्र्यु स्थानीय प्रशासनले क्रमशस् खुकुलो बनाउँदै लगेको छ । टीकापुर घटनापछि कैलाली प्रशासनले टीकापुर क्षेत्र र धनगढीमा कफ्र्यु लगाउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिका खबर छ टीकापुर क्षेत्रमा लाग्दै आएको २४ घन्टे कफ्र्यु दुई घन्टा घटाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कफ्र्यु जारी भए पनि स्थानीयलाई सहज होस् भनेर सोमबार बिहान ८ देखि १० बजेसम्म कफ्र्यु हटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए । टीकापुरमा ७ भदौदेखि कफ्र्यु लाग्दै आएको छ । आइतबार बिहान ९ देखि ११ बजेसम्म कफ्र्यु खुला गरेको प्रशासनले सोमबार बिहान ८ देखि १० बजेसम्म कफ्र्यु हटाएको थियो । २४ घन्टे कफ्र्यु घटेपछि सर्वसाधारणको बजारमा चहलपहल भएको छ । धनगढी नगरपालिका क्षेत्रमा लगाइँदै आएको कफ्र्यु पनि क्रमशस् घट्दै गएको छ । सोमबार धनगढीमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु लागेको थियो । प्रजिअ चापागाईंले टीकापुरमा भएको घटनालाई मध्यनजर गर्दै धनगढीमा पनि कफ्र्यु लगाइएको र सुरक्षा स्थिति सामान्य बन्दै गएपछि हटाइने बताए । संसदीय समितिद्वारा टीकापुर घटनाको अनुसन्धान सुरु व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले टीकापुर घटनाको अनुसन्धान थालेको छ । कांग्रेसका सभासद् जीवन श्रेष्ठको संयोजकत्वमा रहेको पाँच सदस्यीय उपसमितिले सोमबारदेखि घटनाबारे अनुसन्धान थालेको हो । सोमबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीसँग छलफल गरिएको समितिका सदस्य एवं सभासद् प्यारेलाल रानाले जानकारी दिए । पाँच दिन म्याद पाएको समितिले घटनास्थलको पनि अध्ययन, अनुसन्धान गर्नुका साथै दल, मानवअधिकारकर्मी, पत्रकार र स्थानीयसँग छलफल गर्ने जनाएको छ । समितिले टीकापुर घटनाको सत्यतथ्य पत्ता लगाएर सरकारलाई प्रतिवेदन पेस गर्नेछ । समितिमा सभासद्हरू राना, चन्द्रादेवी जोशी, कमलाकुमारी सुवेदी ९घिमिरे०, ओन्डी शेर्पा सदस्य छन् । थप आठ पक्राउ टीकापुर घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप आठजनालाई आइतबार राति पक्राउ गरेको छ । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले आइतबार राति थापापुरको नवलपुर, थापापुर, खैरा, गौडचौरालगायतका गाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending