जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार देखि प्रिफ्याब भवनबाट सेवा दिन थालेको छ ।
जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको प्रशासनले सोमबार देखी भने प्रिफ्याब भवनबाट सेवा दिन थालेको हो ।
संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम ९युएनडीपी०को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय उक्त भवनमा सरेको र संचालनमा सहजता आएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए ।
सोमवार एक कार्यक्रमको आयोजना गरेर युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गरे । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैया लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सवै सहयोग युएनडीपीले गरेको थियो ।
भुकम्पले स्थानिय प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेपनि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । युएनडीपीले ६ कोठे प्रिफ्याव भवन बनाईदिएपछि निकै सहजता हुने प्रजिअ आयार्यले बताए । उनले भवन निर्माण गरिदिएकोमा युएनडीपीलाई धन्यवाद समेत दिए ।
युनएनडीपीका उपआवासिय प्रतिनिधी सिंहले विपदको सामाना सवै मिलेर गर्नु पर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताए । उनले भने ‘छोटो समयमा निर्माण गर्न सकिने, भुकम्प प्रतिरोधी, आगलागी रहित र कम्तीमा १५र२० बर्ष सम्म टिकाउ हुने गरि प्रिफ्याब प्रविधिको भवन निर्माण गरेका छौ । हाम्रो सानो सहयोगले विपदमा परेका नागरिकको सेवा प्रवाहमा ठुलो सहयोग हुनेछ ।’
युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माण समेत गरिरहेको छ ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले युएनडीपीलाई प्रसंसापत्र प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...
आषाढ़ २५ गते, २०८३ - १५:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...
आषाढ़ २५ गते, २०८३ - १४:५६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...
आषाढ़ २५ गते, २०८३ - १४:२९
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...
आषाढ़ २५ गते, २०८३ - १४:२४
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...
आषाढ़ २५ गते, २०८३ - १४:१५
काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...



प्रतिकृया लेख्नुहोस्: