काठमाडौं । देशभर भएका आगलागीका घटनामा करोडौंको क्षती भएको छ ।
सल्यानको शारदा नगरपालिका-१० मदनास्थित जुकेनाखोला खरबारीमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित सिद्ध प्राथमिक विद्यालय मदना स्कुलमा समेत आगलागी हुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सल्यानकै कुमाख गाउँपालिका-५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्ण रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुमको फेदाप गाउँपालिका-२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्ची गोठमा आइतबार राति लागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेको भोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा स्टोर पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङको राप्ती गाउँपालिका-१ पखापानीस्थित गंज बहादुर बिष्टको जिआर फर्निचरमा सोमबार बिहान आगलागी हुँदा काठ चिर्ने मेसिन लगायतका सामान जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धामा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: