Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

डढेलोले वातावरण प्रदुषित

खबरडबली संवाददाता

बागलुङ  । वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । 

आगोले सबै जङ्गल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौँ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गएको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि जतासुकै जङ्गलमा धुवाँ उडेको देखिन्छ । जङ्गली जनावर र पशुपंक्षी कति मरे यकिन छैन । 

दैनिक  आगो लाग्दा आकाशमा उडेको धुवाँले दिउँसै अध्यारो जस्तो देखिन्छ । घरका छतमा धुलोको थुप्रो लाग्छ । जसका कारण सफाइ नगरे घरभरी धुलोले सताउने गरेको अधिकांशको गुनासो छ । धुवाँका कारण आँखा पोल्ने समस्या पनि छ । ज्वरो तथा रुघाखोकीका बिरामी समेत बढेको अस्पतालको तथ्याङ्क छ ।

बागलुङ नगरपालिका ३ का जयन्द्र उपाध्यायले आगलागीले घरमा खरानी उडेर आई बसी नसक्नु भएको गुनासो गरे । दैनिक आउने धुवाँले स्वास्थ्यमा समेत असर परेको भन्दै आगो लगाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने उनले बताए  । ‘जता हेरेपनि आगो लागेकै देखिन्छ, तर कसले लगायो खोजी भएको छैन’ उपाध्यायले भने, ‘दिउँसो गर्मी पनि बढिरहेको छ ।’ घाम लागेको नदेखिने तर गर्मी बढ्ने भएको उनले बताए । 

अस्पतालमा उपचारमा आउनेमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुवाँधुलो भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रविरञ्जन प्रधानले बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आँखा पोल्ने समस्या भएको गुनासो गरे । नगरपालिकाको फोहर फाल्ने स्थानमा लागेको आगोले बजारवासीलाई सताएको रिजालको भनाई छ । तत्काल निभाउने काममा नगरपालिकाले समेत उदासीनता देखाएको उनको टिप्पणी छ  । नगरपालिकाले एक दुईपटक आगो निभाउने प्रयास गरेपनि निभेको छैन । 

केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांश स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । अधिकांश जङ्गलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । नियोजित रुपमा आगो लगाउँदै हिँड्ने केही मानिस पक्राउ समेत परेको उहाँले बताउनुभयो । प्रहरीको तथ्याङ्क अनुसार वैशाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको छ । ती घटनामा दुई जनाको मृत्यु र दुई घाइते भएका छन् । १० घर र १० गोठ जलेका छन् । ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नका लागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग गरेको छ । तर वातावरण संरक्षणतर्फ भने कुनै काम नभएको पाइएको हो । ‘

घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्वतयारी केही पनि देखिएन’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘घटना भएपछि राहत र उद्धारमा भने हामी पनि खटिएका छौँ ।’ वातावरणमा परेको समस्याबारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनीकरण गर्न सकिने उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending