Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सिन्धुलीमा ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरिँदै

खबरडबली संवाददाता

सिन्धुली । ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारबाही गर्ने उदेश्यले वनमा ड्रोन उडाउन सुरु गरेको हो ।

आइतबार हरिहरपुरगढी गाउँपालिकाको विभिन्न सामुदायिक वनमा ड्रोन उडाइएको थियो । वनमा डढेलो मानविय कारणबाटै लाग्ने भएकोले डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनमा ड्रोन उडाइएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताए । वन डढेलो नियन्त्रणको लागि अनेकौँ प्रयास गरेपनि नियन्त्रण नहुँदा नयाँ विकल्प अपनाइएको प्रमुख मानन्धरले बताए । 

ड्रोनको सहयताले अनुगमनको काम सुरु गरिएकाे र ड्रोनबाट खिचिएको फोटो, भिडियोमा आगो लगाउने व्यक्ति देखिएमा अनुसन्धान सुरु गर्ने उनकाे भनाइ छ । कुनै व्यक्तिले आरोप लगाएको भरमा मुद्धा लगाउन नमिल्ने र त्यसको लागि दरिलो प्रमाण चाहिने मानन्धरले बताए ।

पछिल्लाे समय स्थानियले नै वनमा आगो लगाइदिने र  फोन गरेर डढेलो लागेको खबर दिने प्रचलन रहेकाे उनकाे भनाइ छ  । भएका स्रोत साधनबाट नियन्त्रणको लागि निरन्तर प्रयास गरेपनि बर्षेनि वन डढेलोबाट करोडौँ क्षति हुने गरेकाे उनले बताए । 

जिल्लाको ९ वटा पालिका मध्ये ४ वटा गाउँपालिका मरिण, हरिहरपुरगढी, घ्याङलेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडा वन डिभिजन कार्यालय मरिणको मातहतमा रहेको छ । सो ठाउँका सामुदायि वनहरुमा सम्बन्धित पालिकाको सहयोगमा नियमित रुपमा वनमा ड्रोन उडाउने तयारीमा छ ।

अबको तीन महिना (चैत, वैशाख र जेठ) बेजोडले हावाहुरी चल्ने भएकोले घर, गोठ र वन/जंगलमा लागेको आगो हावाहुरीले छिटो र टाढासम्म पुर्याउने भएकाेले वन र मानव बस्तीमा लागेको आगो वनमा सल्किन र वनमा लागेको आगो मानवबस्तीमा सल्किन बेर नै नलाग्ने उनकाे भनाइ छ । यसकारण अबका केही महिना एकदमै चनाखो हुनुपर्ने समय उनले बताए ।

डिभिजन वन कार्यालयले आगो लगाउने व्यक्तिको पहिचानको लागि ड्रोन उडाएको भन्ने खबरले स्थानीय पनि केहि मात्रमा हच्किने बताउँदै उनले आगो लगाउने व्यक्ति पत्ता लागेर कारबाही गर्न सके वन डढेलो नियन्त्रण हुने आसा रहेकेा उनले बताए ।

वनमा वन्यजन्तुको शिकार गर्नको लागि आगो लगाउँदा, प्राइभेट गाडिमा सवार व्यक्तिहरुले चुरोटको ठुटा फाल्दिदा, बालबालिकाले अन्य ठाउँमा देखेर रमाइलोको लागि आगो सल्काउनाले वनमा बर्षेनि भिषण डढेलो लाग्ने गरको पाइन्छ ।

वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । जिल्लाको ९ वटा पालिका मध्ये ५ वटा पालिका वन डिभिजन कार्यालय सिन्धुलीको जिम्मेवारीमा छ भने वन डिभिजन कार्यालय मरिणको जिम्मेवारी भित्र ४ वटा पालिका पर्दछ । हाल सम्म जिल्लामा ४ हजार हेक्टर क्षेत्रफल भन्दा बढी वनमा डढेलो लागेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

काठमाडौंको पानीमा माइक्रोप्लास्टिक

काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बत...

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाघाट पूर्व)  । नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ।  अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूर...

बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो । कार...

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर ।  ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङ ।  मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोट...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies