सिन्धुली । ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारबाही गर्ने उदेश्यले वनमा ड्रोन उडाउन सुरु गरेको हो ।
आइतबार हरिहरपुरगढी गाउँपालिकाको विभिन्न सामुदायिक वनमा ड्रोन उडाइएको थियो । वनमा डढेलो मानविय कारणबाटै लाग्ने भएकोले डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनमा ड्रोन उडाइएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताए । वन डढेलो नियन्त्रणको लागि अनेकौँ प्रयास गरेपनि नियन्त्रण नहुँदा नयाँ विकल्प अपनाइएको प्रमुख मानन्धरले बताए ।
ड्रोनको सहयताले अनुगमनको काम सुरु गरिएकाे र ड्रोनबाट खिचिएको फोटो, भिडियोमा आगो लगाउने व्यक्ति देखिएमा अनुसन्धान सुरु गर्ने उनकाे भनाइ छ । कुनै व्यक्तिले आरोप लगाएको भरमा मुद्धा लगाउन नमिल्ने र त्यसको लागि दरिलो प्रमाण चाहिने मानन्धरले बताए ।
पछिल्लाे समय स्थानियले नै वनमा आगो लगाइदिने र फोन गरेर डढेलो लागेको खबर दिने प्रचलन रहेकाे उनकाे भनाइ छ । भएका स्रोत साधनबाट नियन्त्रणको लागि निरन्तर प्रयास गरेपनि बर्षेनि वन डढेलोबाट करोडौँ क्षति हुने गरेकाे उनले बताए ।
जिल्लाको ९ वटा पालिका मध्ये ४ वटा गाउँपालिका मरिण, हरिहरपुरगढी, घ्याङलेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडा वन डिभिजन कार्यालय मरिणको मातहतमा रहेको छ । सो ठाउँका सामुदायि वनहरुमा सम्बन्धित पालिकाको सहयोगमा नियमित रुपमा वनमा ड्रोन उडाउने तयारीमा छ ।
अबको तीन महिना (चैत, वैशाख र जेठ) बेजोडले हावाहुरी चल्ने भएकोले घर, गोठ र वन/जंगलमा लागेको आगो हावाहुरीले छिटो र टाढासम्म पुर्याउने भएकाेले वन र मानव बस्तीमा लागेको आगो वनमा सल्किन र वनमा लागेको आगो मानवबस्तीमा सल्किन बेर नै नलाग्ने उनकाे भनाइ छ । यसकारण अबका केही महिना एकदमै चनाखो हुनुपर्ने समय उनले बताए ।
डिभिजन वन कार्यालयले आगो लगाउने व्यक्तिको पहिचानको लागि ड्रोन उडाएको भन्ने खबरले स्थानीय पनि केहि मात्रमा हच्किने बताउँदै उनले आगो लगाउने व्यक्ति पत्ता लागेर कारबाही गर्न सके वन डढेलो नियन्त्रण हुने आसा रहेकेा उनले बताए ।
वनमा वन्यजन्तुको शिकार गर्नको लागि आगो लगाउँदा, प्राइभेट गाडिमा सवार व्यक्तिहरुले चुरोटको ठुटा फाल्दिदा, बालबालिकाले अन्य ठाउँमा देखेर रमाइलोको लागि आगो सल्काउनाले वनमा बर्षेनि भिषण डढेलो लाग्ने गरको पाइन्छ ।
वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । जिल्लाको ९ वटा पालिका मध्ये ५ वटा पालिका वन डिभिजन कार्यालय सिन्धुलीको जिम्मेवारीमा छ भने वन डिभिजन कार्यालय मरिणको जिम्मेवारी भित्र ४ वटा पालिका पर्दछ । हाल सम्म जिल्लामा ४ हजार हेक्टर क्षेत्रफल भन्दा बढी वनमा डढेलो लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...
श्रावण ३१ गते, २०८३ - ०९:१५
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...
श्रावण ३१ गते, २०८३ - ०९:०३
सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...
श्रावण ३१ गते, २०८३ - ०९:००
तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...
श्रावण ३१ गते, २०८३ - ०८:३८
चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...
श्रावण ३१ गते, २०८३ - ०८:३२
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...
श्रावण ३१ गते, २०८३ - ०८:३०
रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...
श्रावण ३१ गते, २०८३ - ०८:२६
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...



प्रतिकृया लेख्नुहोस्: