Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छः सांसद सर्वेन्द्रनाथ शुक्ला

खबरडबली संवाददाता

नेपालगञ्ज । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र सरकारको जिम्मेवारी संसद्प्रति हुन्छ । संसदीय व्यवस्थामा सरकारको निर्माण संसद्ले गर्छ । 

संसद् नै उसको जन्मदाता हो । सरकार जुन हिसाबले जिम्मेवार र सरकारका मन्त्रीहरु जुन हिसाबले जिम्मेवार हुनुपर्छ जनताप्रति र संसद्मा उठेका आवाजप्रति जिम्मेवार नभएको पाइएको छ । यसमा कमीकमजोरी देखिएको छ । संसद्मा सार्वजनिक महत्वका प्रस्तावहरु दर्ता भएका छन् तर त्यसको कहिल्यै पालो आउँदैन । अन्य महत्वपूर्ण प्रस्तावहरु संसद्मा दर्ता भए पनि त्यसका विषयमा छलफल भएको पाइँदैन । 

संसद्का कैयन विषयहरु मुलुकका तीन ठूला दलको निगहामा छ । भागबण्डाको राजनीति चलिरहेको छ । संसद्लाई गतिशील तुल्याउन सरकार र संसद्मा सभामुखको भूमिका महत्वपूर्ण हुन्छ । सभामुख कहीँ न कहीँ आफ्ना पार्टी र पार्टी नेताको प्रभावमा देखिनुहुन्छ । अहिले मात्रै होइन पहिलेदेखि नै यो चलिरहेको छ । 

यसले संसदीय व्यवस्थालाई कमजोर बनाउने काम गर्छ । संसदीय व्यवस्था कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ । त्यसै पनि यस व्यवस्थाप्रति जनताको मनभित्र मसिनोरुपमा वितृष्णा र नैराश्यता देखिएको छ । जनताको असन्तुष्टिको सम्बोधन गर्ने थलो पनि संसद् हो ।

अर्कातर्फ, संविधानको कार्यान्वयन सहीरुपमा हुन सकेको छैन । संविधानको त्रुटि र कमीकमजोरी बारम्बार उठिरहेको छ । यसको उपाय भनेको संसद्भित्र कार्यदल बनाएर संविधानमा भएको त्रुटि सच्याउन विज्ञसहितको टोली बन्नुपर्छ । संसदीय व्यवस्थाको पालना गर्दा देखापरेका अवरोध र कठिनाइलाई विज्ञ टोलीले पहिचान गर्नसक्छ र कार्यान्वयनका लागि मार्गदर्शन सुझाउन सक्छ । 

राज्य व्यवस्था समितिमा गम्भीररुपले काम भइरहेकै छ । सन्तुष्टिको कुरा गर्दा यसलाई अघि बढाउने र सुधार गर्ने धेरै ठाउँहरु छन् । म आफैँ राज्य व्यवस्था समितिमा छु । यसको कामकारबाहीमा अझै सुधार गरेर धेरै काम गर्नुपर्ने छ । महिनाको दुई पटक बैठक बसिरहेको छ । दुई वा तीन विधेयक विचाराधीन छन् । अधिकतम छलफलबाट विधेयक पार लगाउनुपर्छ । यसमा विभिन्न कारण होला । 

जति अभ्यास समितिहरुमा हुनुपर्छ त्यो हुन सकेको छैन । संसद् चलेको अवस्थामा पनि समिति चल्नसक्छ । त्यो भइरहेको छैन । धेरै समितिहरुले प्रभावकारीरुपमा काम गर्न सकेको अवस्था देखिँदैन । सबैभन्दा बढी महत्वपूर्ण समिति राज्यव्यवस्था समिति हो । यस समिति राज्य सञ्चालनका लागि खास गरी सुशासनका लागि महत्वपूर्ण छ तर जति समय दिनुपर्ने हो त्यति समय दिएको छैन ।

विभिन्न समितिका बेग्लाबेग्लै समस्या छन् । ती समितिलाई सभामुखले निर्देशन दिन सक्नुहुन्छ । सभामुखको नेतृत्वमा समितिलाई अझै प्रभावकारी बनाउन पनि सकिन्छ । समितिमा कुन काम भयो वा भएन भनेर समीक्षा गर्ने परिपाटी छँदैछैन । बेलायत वा भारतसमेत संसदीय व्यवस्था अङ्गालेका विश्वका अधिकांश मुलुकका कुरा गर्ने हो भने त्यहाँ संसद् थोरै समय चल्छ तर संसदीय समिति निरन्तर चलिरहेको हुन्छ । र अधिकांश समाधानहरु समितिबाट नै निकान्ने गरिन्छ । यो अभ्यास हामीकहाँ हुन सकेन र यो अभ्यास गर्न जरुरी पनि छ । समितिको महत्व बुझाउन सकेनौँ ।

समितिको भागवण्डामा लागेर कहीँ बलियो सभापति हुनुहुन्छ, कहीँ कमजोर सभापति हुनुहुन्छ र कहीँ अरुले ‘ड्राइभ’ गर्ने हुनुहुन्छ । क्षमताभन्दा भागबण्डामा गएपछि हुने यही हो । यसैले गम्भीर भएर समिति कसरी कामकाजी हुन सक्छन् सभामुखले अलगअलग समितिसँग बसेर समस्याको समाधान खोज्नुपर्छ । अहिलेको अवस्थामा यसलाई ‘फास्ट ट्रयाक’मा लैजानुपर्छ जबकि विधेयक अघि बढ्न सकेका छैनन् ।

वैदेशिक रोजगारीमा देखिएको युवा पलायन रोक्न सरकारले तत्कालीन, मध्यकालीन, दीर्घकालीन रोजगारका लागि कार्यक्रम बनाउनुपर्छ । रोजगार कसरी दिन सकिन्छ र स्वरोजगार कसरी बनाउन सकिन्छ यसका लागि योजना बन्नुपर्छ । तीनै तहको सरकारद्वारा कार्यान्वयन हुने खालको योजना बन्नुपर्छ र लागू हुनुपर्छ । हामीले दक्ष जनशक्ति पठाउन सकेका छैनौँ । 

अधिकांश जनताले दक्ष जनशक्ति र अदक्ष जनशक्ति भएर जाँदा के समस्या हुन्छ बुझिसकेका छन् । रोजगारीमा जानेहरुका लागि तालिम सञ्चालन गर्दा ग्रामीण क्षेत्रका जनताको पहँुच हुने हिसाबले सोच्न जरुरी छ । अहिले धेरै मन्त्रालयमा तालिम दिने गरेको देखिन्छ तर त्यसको प्रभावकारिता पनि छैन र समन्वय पनि छैन । अधिकांश स्थानीय सरकारले औपचारिकरुपमा मात्रै तालिम दिने काम गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र ४ मा स्वास्थ्य र प्राविधिक शिक्षा सबैभन्दा बढी जरुरी छ । अहिलेको औपचारिक जुन शिक्षा छ, यसले बेरोजगार उत्पादन गर्ने कारखानाको काम गरिरहेको छ । त्यहाँबाट स्नातक उत्तीर्ण गरेर जागिर पाउँदैनन् अनि झन बढी निराशा पैदा हुन्छ । त्यसैले प्राविधिक शिक्षालाई ध्यान दिएर विद्यालयमा त्यसको पहुँच बढाउन आवश्यक छ । प्राविधिक शिक्षा भयो भने मान्छे स्वरोजगार पनि हुन्छ र आफ्नै देशमा काम हुन्छ । अहिले पनि पेन्टरलगायत विभिन्न क्षेत्रमा बाहिरबाट मान्छे बोलाएर काम गर्न बाध्य छौँ ।

यसका लागि हामीले आफ्नो जनशक्ति तयार गर्न सक्नुपर्छ । स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गरेर यसलाई जोड दिन सकिन्छ । जुन विद्यार्थीले १० कक्षा पास गर्न सकेको छैन, तिनीहरुलाई झन प्राविधिक शिक्षा दिन आवश्यक छ । सडकको कुरा स्थानीय सरकारले गरिरहेको छ । कुन क्षेत्रमा कति पैसा खर्च गर्ने भन्ने आधार मानव सूचाङ्कका आधारमा हुनुपर्छ । 

निर्वाचन क्षेत्रमा पैसा भएको बेला होस् वा नभएको बेला होस् त्यो बेला विकास सन्तुलित ढङ्गले हुन्थ्यो । गएको दुई वर्षमा बजेटमा परेपनि योजना ठप्प पारिएको छ । मेरो क्षेत्रमा पुलहरुको जरुरी छ । व्यावहारिकरुपमा पैसा जानु तर प्राविधिकरुपमा मद्दत नहुनु ग्रामीण क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो अवरोध हो ।

सांसद शुक्लाको परिचय     

सांसद सर्वेन्द्रनाथ शुक्ला लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का तर्फबाट रुपन्देहीको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । 

विसं २०४७ देखि निरन्तर सक्रिय राजनीतिमा संलग्न श्री शुक्ला अनुभवी राजनीतिक नेता रुपमा परिचत रहेका छन्  । 

उनले विसं २०५२ देखि पटकपटक विभिन्न मन्त्रालयमा मन्त्रीकारुपमा समेत काम गरेका छन् ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending