Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

खबरडबली संवाददाता

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटिने बताउनुभएको छ । 

प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताउनुभयो । 

“उपत्यकाभित्र रहेको ललितपुरको यो क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ । एक घण्टामा काठमाडौँ पुग्ने गरी सडकको विस्तार आवश्यक छ । यहाँको सडक सञ्जालको स्तरोन्नतिका लागि यस पटकको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ”, उनले भने । 

प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्ने र सङ्घले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए। आफ्नो  दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित गरेको स्मरण गर्नुहुँदै उनले खेल क्षेत्रलाई व्यापकता दिन खेलाडीले अनुशासितरुपमा खेल प्रदर्शन गरी सभ्य र भब्य बनाउन आग्रह गरे । 

उद्घाटन कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुङ्गालगायत क्षेत्र रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि सङ्घीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गरे। 

प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका लागि गरेको योगदानको स्मरण गर्नुहुँदै समाज र राष्ट्रका लागि उहाँले अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो । विकासको दृष्टिकोणले पछाडि परेको यस क्षेत्रको कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा यस किसिमको खेलकुद प्रतियोगिताबाट स्थानीय विकासका लागि अवसरको ढोका खोल्न मद्दत पुग्ने बताए। 

महाँकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा भइरहेको प्रतियोगिताको सुभारम्भको पहिलो खेलमा महाँकाल गाउँपालिका ‘ए’ र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको संयोजक गोलेले जानकारी दिए। कूल पुरस्कार राशि रु १२ लाख रहेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु दुई  तथा तृतीय हुने दुई टोलीले रु एक एक लाख पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार दिइने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको सो प्रतियोगिताको सह आयोजक ललितपुर जिल्ला खेलकुद विकास समिति रहेको छ । प्रतियोगितामा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

कैलाली । कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिश...

कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

धनुषा । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ...

कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ - नेता विष्ट

काठमाडौं। नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम...

संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन...

गोरखाको कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो ...

सिरहामा जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु

सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, तीनजना विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...

प्रधानमन्त्रीको ब्रिफिङ: कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies