इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।
निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली रहेका छन्।
यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८१ - ०९:३९
ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन
जेष्ठ ४ गते, २०८१ - ०९:२४
कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...
जेष्ठ ४ गते, २०८१ - ०९:०८
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...
जेष्ठ ४ गते, २०८१ - ०८:५८
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...
जेष्ठ ४ गते, २०८१ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...
जेष्ठ ४ गते, २०८१ - ०८:१४
काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...
जेष्ठ ४ गते, २०८१ - ०८:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...
जेष्ठ ४ गते, २०८१ - ०७:५९
काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...
जेष्ठ ४ गते, २०८१ - ०७:३६
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...
जेष्ठ ४ गते, २०८१ - ०७:२६
सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ
प्रतिकृया लेख्नुहोस्: