Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन ९केसीआरइ० को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
 
त्रिभुवन विश्वविद्यालय (त्रिवि) जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा चाइनिज एकेडेमी अफ साइन्सेसको संयुक्त पहलमा निर्मित केसीआरइको सक्रियतामा भएको कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले व्यावहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक कार्यपत्र लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । 

उनले अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालय उत्कृष्ट बन्ने बताए।  उपकुलपति प्रा डा बरालले त्रिविमा कार्यरत प्राध्यापक एवं अध्ययनरत विद्यार्थीलाई विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेको थिए । उनले तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो र आफ्नो संस्थाको प्रभावकारिता वृद्धि गर्न सहभागीलाई अनुरोध गरेको थिए । 
   
अनुसन्धानकर्ता उपप्राध्यापकको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत कार्यरत उपप्राध्यापक र सहायक प्राध्यापक गरी २५ जनाको सहभागिता रहेको छ । 
  
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा विनिल अर्यालले विश्वका सबै विधा तथ्याङ्क विश्लेषण एवं वैज्ञानिक लेखनमा केन्द्रित हुँदै गएको र तथ्याङ्क नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेकाले यस प्रकारको तालिमले अनुसन्धानमा महत्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताए ।  

यस प्रकारका तालिमले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका जर्नलमा समेत लेख प्रकाशित गर्न उत्प्रेरित गर्ने र समग्रमा प्राज्ञिक क्षमताको विकास हुने अपेक्षा उनले गरेको थिए । 
   
कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिवेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एकुजकेशन९केसीआरइ०का निर्देशक प्रा।डा। बाइक्विङ सूले दुवै देशको वैज्ञानिक अनुसन्धान तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्न निर्मित केसीआरइले त्रिविको समग्र प्राज्ञिक उन्नयनको लागि महत्वपूर्ण सहयोग पुर्याउदै आइरहेको उल्लेख गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा। पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घु...

४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको   छ । संघीय मामिला तथा समान्य प्रश...

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएको छन् ।  हालै नियुक्त हुनु...

नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव फेला

डोटी । डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको ...

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जा...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौध...

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ...

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप प...

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक ...

कप्तान रोहित ८२ रन बनाएर आउट

काठमाडौँ । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् । व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies