काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएको छन् ।
मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”
उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्थालगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको बताए ।
उनले विश्व व्यापारका सन्दर्भमा सार्वजनिक–निजी संवाद कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याए । मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढङ्गले राष्ट्रिय बहसको आवश्यकता रहेको बताए।
उनले भने, “डब्लुटीओको मान्यतामा हामी सहमत छौँ, तर नेपालका सन्दर्भमा त्यो लागू हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।” उनले विश्व बजारमा नेपालको उपस्थिति हुन नसकेको विषयमा मसिनो ढङ्गले अध्ययन गर्न जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८१ - १४:३६
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने ब...
माघ ७ गते, २०८१ - १४:२९
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएको छन । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८...
माघ ७ गते, २०८१ - १४:०९
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता ...
माघ ७ गते, २०८१ - १३:५९
काठमाडौ । भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेताहरुले एमाले पार्टी छाडेका छन् । एमाले छाड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य र...
माघ ७ गते, २०८१ - १३:४०
कालीकोट । साबिको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्य...
माघ ७ गते, २०८१ - १३:३१
वासिङ्टन। चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएको छन । चिनिय...
माघ ७ गते, २०८१ - १३:२२
धनगढी। बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा...
माघ ७ गते, २०८१ - १३:१३
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्...
माघ ७ गते, २०८१ - १२:५६
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप का...
माघ ७ गते, २०८१ - १२:३९
गाजापट्टी। हमास र इजरायलबिच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतबारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प...
प्रतिकृया लेख्नुहोस्: