रुपन्देही । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।
विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार हवाई उडानका लागि पहल गर्न आग्रह गरेको हो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गरे ।
“भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ”, श्रेष्ठले भने।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गर्नुभयो । भैरहवा–कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८१ - १४:०९
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता ...
माघ ७ गते, २०८१ - १३:५९
काठमाडौ । भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेताहरुले एमाले पार्टी छाडेका छन् । एमाले छाड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य र...
माघ ७ गते, २०८१ - १३:४०
कालीकोट । साबिको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्य...
माघ ७ गते, २०८१ - १३:३१
वासिङ्टन। चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएको छन । चिनिय...
माघ ७ गते, २०८१ - १३:२२
धनगढी। बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा...
माघ ७ गते, २०८१ - १३:१३
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्...
माघ ७ गते, २०८१ - १२:५६
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप का...
माघ ७ गते, २०८१ - १२:३९
गाजापट्टी। हमास र इजरायलबिच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतबारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प...
माघ ७ गते, २०८१ - १२:३४
गाजा पट्टी । आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धक इजरायल फर्किएका छन् । उनीहरुले आफ्ना...
माघ ७ गते, २०८१ - ११:२३
काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओल...
प्रतिकृया लेख्नुहोस्: