काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मात्रै घोषणा हुनेछ ।
माल्दिभ्सको ९३–सदस्यीय संसद्मा राष्ट्रपति मुइज्जुको पिपल्स नेसनल कंग्रेस (पिएनसी)ले ६७ स्थान जित्दै दुई तिहाई बहुमत आएको प्रारम्भिक नतिजामा देखिएको छ ।
यसअघि संसद्मा बहुमत रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडिपी)ले निर्वाचनमा नराम्रो पराजय भोगेको छ अर्थात् एमडिपीले केवल १५ सिट मात्रै प्राप्त गरेको छ ।
पिनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन् ।
धेरैले माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहने मुइज्जुलाई ‘चीन निकट’ नेताका रूपमा हेर्छन् ।
स्थानीय सञ्चारमाध्यमले देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पिएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको र यसले माल्दिभ्समा स्थायी विकासको लागि सारिएका चीनको लगानीमा ल्याइएका आयोजनालाई अघि बढाउन सहज वातावरण प्रदान गर्ने विश्लेषकहरूले बताएका छन् ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने माल्दिभ्स मामिलाका विश्लेषक अजिम जाहिरले भने, ‘मुइज्जुका लागि यो ठूलो उपलब्धि हो ।’
उनले आफू सत्तामा आउनुअघि माल्दिभ्सको तात्कालिक सरकारले अंगीकार गरेको ‘पहिला भारत’ भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित निर्वाचन अभियान चलाएका थिए ।
गत वर्षको अन्त्यतिर सत्तामा आएका मुइज्जुले भारतको प्रभाव घटाउन भन्दै माल्दिभ्समा रहेका सबै भारतीय सैनिकलाई फिर्ता पठाउने उद्घोष गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: